FLASH NEWS
  • Loading...

प्रहरीद्धारा गलेश्वर क्षेत्रबाट ‘महाँप्रसाद’ नष्ट

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २१५ पटक पढिएको
प्रहरीद्धारा गलेश्वर क्षेत्रबाट ‘महाँप्रसाद’ नष्ट

बेनी नगरपालिका, ९ गलेश्वर क्षेत्रबाट प्रहरीले एक सय ३० लिटर लागुपदार्थ मिश्रित झोल (घट्ट/घोटुवा) वरामद गरी नष्ट गरेको जनाएको छ ।
हिन्दु धािर्मक विश्वास अनुसार महाँशिवरात्रिको अवसरमा घट्ट/घोटुवालाई भगवान शिवको ‘महाँप्रसाद’ को रुपमा सेवन गर्ने चलन छ ।
‘महाप्रसाद’ मा दुध, दही, घिउ, मह र सख्खर मिलाएर बनाएको झोलमा लागुपदार्थ मानिएको धतुरो र भाँङ/चरेस मिसाई नसालु पारिएको हुन्छ । प्रतिवन्धित लागुपादार्थ चरेस, धतुरो मिसावट भएकोले प्रहरीले हिन्दु धार्मिक आस्थाका महान भगवान शिवको प्रसाद घट्ट उत्पादन तथा सेवनमा रोक लगाएको हो ।
‘जुन सुकै धार्मिक आस्था भित्र भएपनि घट्ट/घोटुवामा प्रतिवन्धीत लागुऔषध मिलाईएको हुने भएकोले विक्रि तथा सेवनमा रोक लगाईएको हो’ जिल्ला प्रहरी प्रमुख डिएसपी किरण कुँवरले भने, ‘गलेश्वर मन्दीर क्षेत्रबाट ठूलो परिणाममा घट्ट वरामद गरेका छौं । जिल्लाका अन्य शिवालय र वजार क्षेत्रमा पनि घट्ट विक्रिमा रोक लगाई कडाई गरेका छौं ।’