FLASH NEWS
  • Loading...

प्रश्न उठेकाले राजीनामा दिएँ : बाँस्कोटा

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १२५ पटक पढिएको
प्रश्न उठेकाले राजीनामा दिएँ : बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा उनले राजीनामा दिएको जानकारी गराएका हुन् ।

“मेरो बारेमा प्रश्न उठेकाले सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजनिामा दिएको जानकारी गराउँछु । धन्यवाद,” उनले भनेका छन् ।

यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्री बाँस्कोटाले राजीनामा दिएको अनौपचारिक जानकारी प्राप्त भएको बताएका थिए ।

बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले सेक्युरिटी प्रेस स्थापनाको प्रक्रियामा अनियमितता भएको भन्दै मन्त्री बर्खास्त नगरेसम्म संसद चल्न नसक्ने अडान राखेपछि सभामुख सापकोटाले यसबारे जानकारी गराएका थिए ।
सेक्युरिटी प्रेस स्थापनाको प्रक्रियामा कमिसन मागेको अडियो रेकर्ड सार्वजनिक भएपछि बाँस्कोटामाथि राजीनामा दिन दबाब परेको थियो । बाँस्कोटाले बुधबार ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएको थियो । सोही विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै राष्ट्रियसभा बैठक अवरुद्ध गरेको थियो ।