FLASH NEWS
  • Loading...

गलेश्वरधाममा महाशिवरात्रिको तयारी पुरा

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ७८ पटक पढिएको
गलेश्वरधाममा महाशिवरात्रिको तयारी पुरा

शिवरात्रिको अवसरमा पबित्र तिर्थस्थल गलेश्वरधाममा हुने शिवपुजा, दर्शन तथा दीपप्रज्वलन समेतको धार्मिक मेलाको तयारी पुरा भएको छ । गलेश्वरधाम क्षेत्र विकास कोषले शिवरात्रिको अवसरमा ५० हजारबढी भक्तजन गलेश्वरधाम पुग्ने अनुमान गरेको छ ।

म्याग्दीको बेनीबाट करिव ३ किलोमिटर उत्तरमा अवस्थित ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल ढुङ्गामाथी अवस्थित गलेश्वरधाममा महाशिवरात्रिमा ठूलो मेला लाग्छ । गलेश्वरमा महादेवको मुल अंग स्वयं उत्पन्न भएको ज्योर्तिलिङ्ग हो । शिवजीको मुल अंग स्वयं उत्पन्न भएको ज्योर्तिलिङ्गको पुजा/दर्शन गर्न म्याग्दीबाहेक बाग्लुङ्ग, मुस्ताङ्ग, पर्वत, कास्कीं, तनहुँबाट समेत ठुलो संख्यामा भक्तजन आउने गरेका छन । 
महाँशिवरात्रिका सवै तयारी पुरा भएको छ । २३ वटा विभिन्न उपसमिति मार्फत पुजा ब्यवस्थापन, सुरक्षा, रात्री पुजा हुने भएकोले दीप प्रज्वलन ब्यवस्थापन, तोरण बनाउने, राती धुनी जगाउने र महाँप्रसाद समेतको ब्यवस्था गरेका छौं गलेश्वरधाम क्षेत्र विकास कोषका सचिव माधवप्रसाद रेग्मीले भने, ‘ब्यवस्थित र सुरक्षित तवरले भक्तजनले शिव पुजा, आरधना गर्ने गर्न सक्ने छन ।
महाशिवरात्रि हिन्दुहरुको प्रमुख चाड एवं भगवान शिवको प्रमुख पर्व हो । फागुन कृष्ण चतुर्दशीका दिन मनाईने शिवरात्रि आशुतोष भगवान शिवको अति प्यारो दिनको रुपमा मानिन्छ । वोर्तोत्सवहरु मध्य सर्वोत्तम महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा ॐ नम ः शिवाय मन्त्र जप्दै पुजाअर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दुध, धतुरो र वेलपत्र चढाउने गरिन्छ । हाशिवरात्रिलाई ब्रह्मले रुद्ररुपी शिवको उत्पति गरेको र शिवपार्वतीको विवाह भएको दिनको रुपमा पनि मानिन्छ ।

शिवरात्रिमा निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पुजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिव महिमा कीर्तन गरी शिवपुजा गरिन्छ । शिवरात्रि पुजामा ब्रतकालमा शिवको ध्यान, पुजन र जप गरिन्छ । शिव फुजा गर्दा इशान मुर्क्तिलाई दुधले, अघोर मुर्तिलाई दहीले, वामदेव मुर्त्तिलाई घिउले, सद्योजातलिङ्गोद्धव मुर्क्तिलाई महले स्नान गराईन्छ ।
कालीगण्डकी सभ्यता अर्न्तगत रहरेको गलेश्वरधाम नेपालकै एक प्रसिद्ध तिर्थ धाम हो । गलेश्वरको नामाकरण सम्बन्धमा विभिन्न किम्बदन्तिहरु मध्य स्कन्दपुराणका अनुसार हिमालयपर्वतकी छोरी सतीदेवीले आफ्नापतिशिवको निन्दा गरेको सुन्ननसकि यज्ञको बल्लो आगोमाआफ्लाई होमेपछि सतीदेवीको मृत शरिरलाई बोकेर हिंड्ने क्रममा यस स्थानमागलो खसेकोले भनिएको छ ।
सृष्टिको प्रारम्भमा फाल्गुण कृष्ण चर्तुदशीको मध्यरात्रि कालमा भगवान शिव ब्रह्माबाट रुद्रको रुपमा अवतरण भएका थिए । प्रलयकालमा यसै दिन प्रदोषको समयमा भववान शिव ताण्डव गर्दै ब्रह्माण्डलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त पारेका थिए ।
भववान शिवको रुप विचित्रको छ । शरीरमा मसानको भस्म, गलामा सर्पको हार, कण्डमा विष, जटहरुमा जगततारिणी पावन गंगा तथा मस्तकमा प्रलयङ्क ज्वाला बहन गरेका शिवलाई अमङ्ग रुपमा रहेका भक्तजनलाई मंगल प्रदान गर्ने भगवान मानिएको छ ।