FLASH NEWS
  • Loading...

साइबर क्राइम भनेको के हो ? पढ्नुहोस

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १७९ पटक पढिएको
साइबर क्राइम भनेको के हो ? पढ्नुहोस

१.साइबर क्राइम भनेको के हो ?

-कम्युटर, मोबाइल एवं ईन्टरनेट नेटवर्क प्रयोगको माध्यमबाट कानून बिपरीतको कार्य गर्नु साइबर क्राइम हो ।

२.साइबर क्राइम अन्तर्गत के कस्ता कार्य पर्दछन ?

-यस क्राइम अन्तर्गत कल बाइपास,गैह्र कानूनी इमेल,एस.एम. एस.धम्की,फेसबुक इम्पोष्टर,पासवर्ड ह्याकिङ,फिसिङ,तथा तथ्यांक चोरी ,जातिय घृणा अश्लील र कानूनले निषेध गरेको फोटो आदि प्रदर्शित गर्ने जस्ता कार्य पर्दछन ।

३.कसैले साइबर क्राइमबाट पिडित हुन पुगे उजुर गर्ने म्याद ?

-साइबर क्राइम बारे थाहा भएको मितिले ३५ दिन भित्र प्रहरीमा उजुरी (जाहेरी दरखास्त दर्ता) गरी सक्नु पर्छ ।

४. साइबर क्राइम गर्नेलाई कति सम्म सजाय हुने प्रावधान छ ?

-अपराध पुष्टि भएमा ५० हजार देखि ३ लाख सम्म जरिवाना र ५ महिना देखि ५ वर्ष सम्म कैद सजाय हुन सक्छ ।

५. साइबर क्राइमबाट पिडित हुनबाट बच्न के गर्ने ?

-सरल प्रकृतीको पासवर्ड प्रयोग नगर्ने । बिभिन्न खालका प्रलोभन देखाउने इमेल र म्यासेजमा झट्ट बिश्वास नगर्ने । आफ्नो सत्य तथ्य बिवरण त्यस्तालाई उपलब्ध नगराउने । फेसबुक वालमा अनौंठो वाक्य वा शंकास्पद लिंक छन भने त्यसमा क्लिक नगर्ने । फेसबुकमा अन्जान ब्यक्तिसंग बिना परिचय सम्बन्ध नराख्ने । मोबाइल र मोबाइलको म्यासेज बक्समा गोप्य कुरा सेभ गरेर नराख्नुहोस किनकी त्यस्ता म्यासेज तपाइको मोबाइल नछोइकन अरुले सजिलै पढ्न सक्ने प्रबिधिको बिकास भई सकेको छ । भल्गर म्यासेजहरु नगर्ने, यौन सम्बन्धि म्यासेज नगर्ने, अरुको व्यक्तिगत जिबनमा दख्खल पुग्ने कुरा इन्टरनेट माध्यम द्वारा नगर्ने ।

६. फेसबुक अहिले अत्यन्त शक्तिशाली संचार माध्यम बन्दै गएकोले के कुरामा ध्यान दिने ?

ज्ञान बृद्धि गर्ने, आफ्नो ब्यक्तित्व बिकास गर्ने र बैध एवं सभ्य कुरा मात्र फेसबुकमा पोष्ट गर्ने र च्याट गर्दा अस्लिल असभ्य भाषा प्रयोग नगर्नुहोस किनकी राम्रो संस्थामा जागिर खाने, राम्रो बिश्वबिद्यालयमा पढ्ने वा बिदेश जाने प्रकृया अगाडी बढाइ रहनु भएको छ भने ख्याल गर्नुहोस तपाइको चारीत्रिक प्रमाणपत्रको अलावा आजभोली तपाईको फेसबुकको स्ट्याटस हेर्ने जाँच्ने गरिन्छ । तपाई साइबर क्राइममा पर्नु भयो भने तपाईले गोप्य रुपमा च्याट गरेका सबै कुरा अनुसन्धान अधिकारीले थाहा पाउने र पोल खुल्ने हुन सक्छ,जस्ले तपाईलाई थप पिडित बनाउन सक्छ ।