FLASH NEWS
  • Loading...

अन्नपूर्ण वेसक्याम्प जाने ‘मौरिस हर्जोग’ पदमार्ग तयार

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १२२ पटक पढिएको
अन्नपूर्ण वेसक्याम्प जाने ‘मौरिस हर्जोग’ पदमार्ग तयार

अन्नपूर्ण हिमश्रृखलामा चलनचल्तीको पदमार्ग मात्र होईन, लुकेको ऐतिहाँसिक पदमार्ग पहिचान भएको छ । र म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङमा पर्ने लुकेको यस पदमार्गलाई अन्नपूर्ण हिमालको पहिलो आरोही फान्सेली नागरिक मौरिस हर्जोगको नाममा नामाकरण गरिएको छ ।

फान्सेली पर्वतारोही मौरिस हार्गोजको टोलीले नर्थ वेस क्याम्पहुँदै ७० बर्ष अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका थिए । संसारका ८ हजार मिटर अग्ला सवै १४ वटा हिमालमध्य पहिलो पटक मानव पाईला परेको अन्नपूर्ण प्रथम (८०९१मी) आरोहण गर्ने पहिलो पर्वतारोही मौरिस हर्जोजको सम्मानमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले उनी हिमाल चढ्न हिँडेको पुरानो बाटोको खोजी गरी सुधार, ब्यवस्थित, छोटो र सजिलो बनाई ‘मौसिर हर्जोग’ पदमार्गको प्रर्वद्धन गरेको हो ।
अन्नपूर्ण आरोहणको तीन बर्षपछि मात्र सगरमाथा आरोहण भएकोले पर्वतारोहणको हिसावले अन्नपूर्णलाई जेठो हिमाल भन्ने गरिन्छ । अन्नपूर्ण गाउँपालिका वडा नं ४ मा अन्नपूर्ण हिमश्रखलाका अन्नपूर्ण प्रथमसहित निलगिरी साउथ र बराह शिखर हिमाल अवस्थित छन ।

‘भ्रमण वर्ष २०२० को अवसरमा गाउँपालिकाको अगुवाईमा त्यो वेला हिमाल चढ्न जाँदा प्रयोग गरेको बाटोलाई मौरिस हर्गोज नामाकरणगरी नयाँ पदमार्ग प्रचलनमा ल्याएका हौं’ अन्नपूर्ण गाउँपालिका प्रमुख डमबहादुर गर्वुजाले भने, ‘हाम्रो अगुवाईमा पर्वतारोहीको नाममा नामाकरण भएपनि पदमार्ग बनाउन पर्यटन मन्त्रालय, एक्याप, ट्रेकिङ एजेन्सी, स्थानीय समुदाय र गाउँपालिका सवैको आर्थिक, भौतिक सहयोग छ ।’
अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्न मुस्ताङ्गको घाँसाहुँदै जाने प्रचलित नर्थ वेस क्याम्पको कठिन, जोखिमपूर्ण र १४ दिन लामो  पदमार्गको विकल्पमा सहज, सुविधा युक्त, ६ छोटो अझ हिमाल फेदीसम्म गाडी चढेरै जाने हो भने ३ दिनमा अन्नपूर्ण नर्थ वेस क्याम्प सजिलै पुग्न सकिन्छ । अन्नपूर्ण नर्थ वेस क्याम्प निलगिरी साउथको पनि साझा वेस क्याम्प हो ।

पोखराबाट ७६ किलोमिटर गाडीमा बेनी र बेनी–जोमसोम सडकको २४ किलोमिटर कालीगण्डकी नदी पछ्याउँदै उत्तर लागेपछि पुगिन्छ, नारच्याङ वेंशी (१३३० मी) । नारच्याङ अन्नपूर्ण नर्थ वेस क्याम्प पुग्ने मौरिस हर्जोग पदमार्गको पहिलो र अन्तीम वस्ती हो । अन्नपूर्ण नर्थ वेस क्याम्प पुग्न नारच्याङबाट दुई वटा विकल्प छन, पैदल वा गाडी ।
कच्ची सडकमा निलगिरीखोला जलविधुत आायोजनाको मुहान रहेको छोटेपासम्म गाडीमा गै त्यहाँबाट निलगिरी र अन्नपूर्ण हिमालबाट झर्ने हुमखोला दोभान (२८८३ मी) मा बास बस्न पुगिन्छ । हुमखोलाबाट दोस्रो दिन भुस्केटमेला (३६५९मी) तेस्रो दिन अन्नपूर्ण र निलगिरीको संयुक्त वेस क्याम्प पुग्न सकिन्छ । चौंथा दिन अन्नपूर्ण नर्थको हाई क्याम्प पुग्न सकिन्छ । अन्नपूर्ण चक्रिय पदमार्गको विकल्पमा संञ्चालनमा ल्याईएको नारच्याङ–घाँसा–जोमसोम–मुक्तिनाथ बैकल्पिक पदमार्ग, तातोपानी–खोप्रा–महरे–नागी सामुदायीक पदमार्ग र अन्नपूर्ण नर्थ वेस क्याम्प पदमार्गको प्रस्थान विन्दु नारच्याङ्ग हो ।


‘गाउँमा पर्यटक आउन थालेपछि स्थानियले टि हाउस, रेष्टुरेन्ट र होटल/लज खोल्न थालेका छन । विभिन्न निकायको आर्थिक सहयोगमा स्थानीयले श्रमदान गरी पदमार्गमा आधारभुत पूर्वाधार निर्माण तथा ब्यवस्थापन सुरु गरेका छौं’ पर्यटन ब्यवसायी तेजबहादुर गुरुङ्गले भने, ‘विभिन्न चोक र गल्लीमा पदमार्गका ठाउँ–ठाउँमा सूचना नक्सा राख्न थालेका छौं । लुकेको वस्तीका पदमार्ग पर्यटककालागी ‘भर्जिन गन्तब्य’ पनि हुन ।’
यसै विच आउँदो सिजनमा श्रेष्ठ समेतका महिला पर्वतारोही अन्नपूर्ण प्रथम हिमाल आरोहणमा जाने भएका छन । अन्नपूर्ण हिमालमा पहिलो पटक नेपाली महिला पर्वतारोही आरोहणमा जान लागेका हुन ।
‘ भ्रमण वर्ष २०२० मा पुर्णिमा श्रेष्ठ समेतका महिला पर्वतारोहीले हाम्रो गाउँको बाटोभएर हाम्रै भुगोलको अन्नपूर्ण प्रथम हिमाल चढ्न लाग्नु भएकोले गाउँपालिकाले संस्थागत र ब्यक्तिगत रुपमा पनि सक्दो आर्थिक, भौतिक सहयोग गर्छौ ।’ गाउँपालिका गर्वुजाले भने, ‘विभिन्न पदमार्गका हव अन्नपूर्ण गाउँपालिकाको पहिलो प्राथमिकता नै पर्यटन हो ।’