FLASH NEWS
  • Loading...

नेशन पुनलाई भोट गर्न अपील

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १८० पटक पढिएको
नेशन पुनलाई भोट गर्न अपील

नेपाल आईडल सिजन–३ को उत्कृष्ट दश (टप टेन) बन्न सफल म्याग्दीका नेसन बुद्धुजा (पुन मगर)लाई भोट गरिदिन परिवारजनले अपील गरेका छन ।
पोखराको लिङ्ढन कलेजमा स्नातक तह अध्ययनरत गायक नेसन वुद्धुजा अन्नपूर्ण गाउँपालिका, ६ चित्रका यामबहादुर (लामोघर) र ममिला बुद्धुजाका छोरा हुन । पोखराको रानीपौवा स्थित जोजीजू सारेगम संगित विद्यालयबाट साँगेतिक ज्ञान आर्जन गरेका नेसन सानै उमेरदेखी गीत संगितमा रुची राख्थे ।
गायक बुद्धुजाका बाबु यामबहादुर म्याग्दी र पोखराको रुटमा लामो समयदेखी बस चालक तथा ब्यवसायी हुन । नेसन पुनकालागी भोटिङ्ग गर्न शुक्रवार राती ८.३० बजेदेखी सोमबार दिउँसो १२ बजेभित्र तपाईको जुनसुकै मोवाईलबाट पनि म्यासेज वकसमा गै NI08 टाईप गरी ३७००० मा म्यासेज गर्न सकिने नेसन बुद्धुजा जिताउँ अभियानका संयोजक नारायण पुनले भने, ‘म्यासेज गर्न अप्ठ्यारो भए तपाईले सोझै १६६६७७०८ नम्बरमा फोन गर्नु भयो भने सोझै भोटिङ्ग हुन्छ ।’
नेपालबाहिरबाट इन्डियाबाट भेडाफोनबाट ५३०१० मा, कतारबाट ओरिडोको फोनबाट ९२३०० मा, मलेशियाबाट अल टेलिकसबाट ३३३१० मा म्यासेजगरी वा इन्टरनेट चलाउनेले Respect and Rise एप डाउनलोड गरी पनि भोट गर्न सकिन्छ ।
‘मेले शहरदेखी म्याग्दीका गाउँगाउँका कच्ची सडकमा गाडी चलाएर छोरालाई संगित सिक्ने र पढ्ने अवसर दिएको हुँ । छोरा अहिले नेपाल आईडलको टप टेनमा पुगेको छ । सवैले कम्तीमा हप्ताको एक पटक भोटिङ गरिदिनुस’ गायक नेसनका बुबा यामबहादुर बुद्धुजाले भने, ‘नेसनलाई तपाईले जतिपटक भोट वा फोन गर्र्नु हुन्छ त्यति बढी भोट आउने हो । सवै म्याग्देली दाजुभाईमा फेरी भोटिङकालागी आग्रह गर्छु ।’