FLASH NEWS
  • Loading...

लायन्सको सहयोगमा बन्यो विद्यालय भवन

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ४४९ पटक पढिएको
लायन्सको सहयोगमा बन्यो विद्यालय भवन

लायन्स क्लव इन्टरनेशनलको आर्थिक सहयोगमा यहाँको एक विद्यालय भवन पुनःनिर्माण भएको छ ।

भुकम्पबाट क्षतिग्रस्त बेनी नगरपालिका, ९ तोरीपानी स्थित गलेश्वर माध्यामिक विद्यालयको फर्निचर सहित १ करोड ८ ९३ लाखको लागतमा दुई तल्ले ८ कोठा भएको भवन पुनःनिर्माण गरी विहिवार एक समारोह विच विद्यालयलाई हस्तान्त्रण गरेको छ । लायन्सकै सहयोगमा पश्चिम मालिका गाउँपालिका, ७ विम स्थित किसानी माविमा पनि यस्तै विद्यालय भवन निर्माण भैरहेको छ । भवन पुननिर्माण गर्न गलेश्वर माविले ८ लाख मुल्य तिरेर तीन रोपनी जग्गा खरिद गरेको थियो ।

‘लायन्सको अगुवाईमा देशका दुर्गम भेगका भुकम्पबाट क्षतिग्रस्त विद्यालयहरु पुनःनिर्माण मार्फत वालबालिकाको शिक्षाको अधिकार मजवुद गराउन पाउँदा खुशी लागेको छ’ लायन्सका प्रोजेक्ट अध्यक्ष गिरीधारी शर्माले भने, ‘लायन्सले देशभर ५० वटा र म्याग्दीमा २ वटा आधुनिक र सुरक्षित भवन निर्माण गरेका छौं ।’

भवन पुनःनिर्माण गरिएका दुवै प्राविधिकधार तर्फका इन्जिनियरिङ र कृषी प्राविधिक अध्यापन गराउने विद्यालय हुन । दैलो छेउका सामुदायिक विद्यालयमा नै सिभिल इन्जिनियरिङ तथा कृषी प्राविधिक विषयको अध्ययन गर्न पाएपछि विपन्न र छात्रा विद्यार्थीको आर्कषण बढेको छ । यी गलेश्वर माविले कक्षा ९ देखी सिभिलि इन्जिनियरिङ र किसानी माविले कृषी जेटिए तर्फको पढाई गर्दै आएका छ ।

‘पुरानो भवन भुकम्पले केही क्षतिग्रस्त र जीर्ण भएको थियो । नयाँ भवन बनेपछि बालबालिकालाई जोखिम मोलेर जीर्ण भवनमा राख्नु परेन’ गलेश्वर माविका प्रधानअध्यापक गणेश बानियाले थपे, ‘भुकम्पजस्ता जोखिम न्यूनिकरण गर्ने उपायसहित प्रविधीमैत्री समेत बनाएका छौं ।’

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र