FLASH NEWS
  • Loading...

मालिकामा दोस्रो राष्ट्रपति शिल्ड प्रतियोगिता शुरु

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २२४ पटक पढिएको
मालिकामा दोस्रो राष्ट्रपति शिल्ड प्रतियोगिता शुरु

मालिका गाउँपालिकामा अन्तर माध्यामिक विद्यालय स्तरिय दोस्रो राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता बुधवारदेखी दरवाङ्गमा शुरु भएको छ ।

प्रतियोगितामा उद्घाटन खेलको १५ सय मिटर दौडामा छात्र तथा छात्रा दुवै तर्फ साविकको राष्ट्रपति शिल्ड विजेता भीम माध्यामिक विद्यालय देविस्थानले पहिलो स्थान प्राप्तगरी अग्रता सुरु गरेको छ ।

दोस्रो राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिताको जिल्ला समवन्यय समितिका संयोजक देवेन्द्रबहादुर केसीले एक समारोह विच उद्घाटन गरे । माघ २१–२३ गतेसम्म संञ्चालन हुने प्रतियोगितामा मालिका गाउँपालिकाका सवै ११ वटा माध्यामिक विद्यालयहरुले एथेलेटिक्स, कवड्डी र भलिवल तीन विधाका १५ खेलमा प्रतिस्पर्धा गर्दैछन ।

विद्यालय तहको सवै भन्दा ठूलो खेल प्रतियोगिता मानिएको राष्ट्रपति शिल्ड प्रतियोगिताको उद्घाटन खेलको १५ सय मिटर दौडमा
छात्र तर्फ भीममाध्यामिक विद्यालयका सुजन घर्ती पहिलो, किसानी मावि विमका कमल गुरुङ्ग दोस्रो र जनप्रीय मावि दरवाङ्गका दिनेश घिमिरे तेस्रो भए । त्यसैगरी १५ सय मिटर दौडकै छात्रा तर्फ भीम माविकी सरिता घर्ती पहिलो, किसानी माविकै सुनिता रोका दोस्रो र जनप्रीय मावि दरवाङ्गका रमासाह शंकर तेस्रो भए ।

प्रतियोगितामा छात्र तथा छात्रा भलिवल, छात्रा/छात्र एथेलेक्सि तर्फका हाईजम्प, लङ्गजम्प, ट्रिपलजम्प, सटपुट, एक–दुई–चार, आठ, १५ सय तथा पाँच हजार मिटर दौड खेल समावेश गरिएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।