FLASH NEWS
  • Loading...

क्यूएए प्राप्तीको अवसरमा म्याग्दी क्याम्पसले साट्यो खुशी

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १७५ पटक पढिएको
क्यूएए प्राप्तीको अवसरमा म्याग्दी क्याम्पसले साट्यो खुशी

त्रिभुवन विश्व विद्यालय अनुदान आयोगले हिमाली जिल्लामा पहिलो गुणस्तर सुनिश्चितता प्रत्यायन (क्यूएए) प्राप्त गरेको उपलक्ष्यमा म्याग्दी बहुमुखी क्याम्पसले खुशीयाली साटेको छ ।

त्रिवि मातहतका १४ सयबढी क्याम्पसमध्य ४१ औं क्याम्पसको रुपमा म्याग्दी कयाम्पसले गुणस्तर सुनिश्चितता प्रत्यायन पाएको हो । गुणस्तर सुनिश्चिता प्रतयायन (क्यूएए) संसार भरका विश्व विद्यालयमा स्वीकार गरिएको शैक्षिक गुणस्तरको मान्यता हो ।

‘म्याग्दीमा शैक्षिक क्षेत्रको आसा र विश्वासको धरोहर म्याग्दी बहुमुखी क्याम्पसले संसारभरका विश्वविद्यालयमा मान्य हुने स्तरको शैक्षिक गुणस्तरको मान्यता प्राप्त गरेकोमा जिल्लाबासी बधाईका मात्र भएका छन । शैक्षिक वेरोजगारको जिल्लाको वदनामीलाई यो सफलताले जवाफ दिएको छ’ क्यूएए उत्सव साट्न आएका प्रतिनिधी सभा सदस्य भुपेन्द्रबहादुर थापाले भने, ‘हाम्रा शैक्षिक संस्था वेरोजगार उत्पादन गर्ने कारखाना होईन, राजगारी सृजना गर्न सक्ने योग्य नागरिक उत्पादन गरिनु पर्छ ।’

सामुदायकि प्रयासमा ०४८ सालमा मानविकी तथा सामाजिकशास्त्र अर्न्तगत प्रविणता प्रमाणपत्र तहबाट अध्यापन सुरु गरेको म्याग्दी बुहुमुखी क्याम्पसमा हाल मानविकी, ब्यवस्थापन र शिक्षा शास्त्रीमा स्नातक तह तथा ब्यवस्थापन तर्फ एमविए (मास्टर अफ विजनेस स्टडिज) विषयमा स्नाकोत्तर तहसम्म अध्ययन/अध्यापन हुने गरेको छ । स्नाकोत्तर तहको कक्षा पूर्ण डिजिटलाईज्ड प्रविधीमा लगिएको छ । स्नातक तहलाई यही शैक्षिक सक्रबाट त्रमश ः डिजिटल कक्षा बनाउने क्याम्पसले जनाएको छ , क्याम्पसले औपचारिक कक्षा बाहेक अतिरिक्त कक्षाको रुपमा ब्यवसायीक शिप विकासका तालिमहरु समेत संञ्चालन गर्ने गरेको छ ।

‘शैक्षिक वातावरण, गुणस्तर समेतका त्रिविले तोकेका एक सय २० बढी मापदण्ड उत्तिर्ण गरी म्याग्दी क्याम्पस हिमाली जिल्लामा पहिलो, नेपालमा ४१ औं, गण्डकी प्रदेशमा ५ औं क्यूएए सर्टिफाईड क्याम्पस बन्न सफल भएको छ’ म्याग्दी बुहुमुखी क्याम्पस संञ्चालन समितिका अध्यक्ष बालकृष्ण सुवेदीले भने, ‘हाम्रो क्याम्पसबाट उत्तिर्ण विद्यार्थीको सर्टिफिकेट अव विश्वका जुन सुकै विश्वविद्यालयमा विक्न सक्ने भएको छ । क्यूएए सर्टिफाईण्ड हुँदा थप जिम्मेवारी बढेको ठानेका छौं ।’

गुणस्तर सुनिश्चितता प्रत्यायन (क्यूएए) प्राप्तीको खुशीयालीमा सोमबार क्याम्पसले बाजागाजा, विभिन्न जातिय झाँकी सहित संञ्चालक समिति, प्रध्यापक, कर्मचारी, विद्यार्थी तथा हजारौं जिल्लाबासीले बजार परिक्रमा सहित खुशीयाली साटासाट गरेका थिए । र्‍याली पछि क्याम्पसको खेलमैदानमा आयोजित क्यूएए उत्सव सभामा परिणत भएको थियो । खुशियाली कार्यक्रममा सभासद गोविन्द पौडेल, जिल्ला समवन्यय समितिका संयोजक देवेन्द्रबहादुर केसी, बेनी नगरप्रमुख हरीकुमार श्रेष्ठ, संञ्चालक समितिका पूर्व अध्यक्ष माधव रेग्मी समेत दर्जनबढी सामाजिक अगुवाहरुले क्याम्पसलाई बधाई दिएका थिए ।

‘क्याम्पसमा मानविकी तर्फ स्नाकोत्तर र ब्यवसायीक विषयमा स्नातक तहसम्मको विषय थपगरी अध्यापन सुरु गर्ने योजनामा छौं । क्याम्पसलाई प्रविधी मैत्री बनाउन थालेका छौं । डिजिटल कक्षा कोठा, विद्युतिय पुस्तकालायको अभ्यास थालेका छौं’ क्यूएए फोकल पर्सन तथा नवनियुक्त क्याम्पस प्रमुख गोरखबहादुर जिसीले भने, ‘हामीले क्याम्पसमा औपचारिक कक्षा माक्र संञ्चालन गर्दैनौं, अतिरित्त कक्षाको रुपमा विद्यार्थीको क्षमता बृद्धी र रोजगारसँग योग्यतालाई जोड्न ब्यवसायीक शिप विकासका तालिमहरु पनि संञ्चालन गरेका छौं । तालिमबाट रोजगार योग्य जनशक्ति उत्पादन भैरहेको छ ।’