FLASH NEWS
  • Loading...

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा अहेवलाई वडा सचिवको जिम्मेवारी

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २६४ पटक पढिएको
म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा अहेवलाई वडा सचिवको जिम्मेवारी

स्थानीय तहको बजेट तथा कार्यक्रम कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी रहेका वडा सचिवहरु लामो समय रित्त रहेपछि यहाँको एक गाउँपालिकाले अहेवहरुलाई वडा सचिवको जिम्मेवारी दिई काम चलाई रहेको छ ।
अन्नपूर्ण गाउँपालिकाका ८ वडामध्य ४ वडा कार्यालयमा लामो समयदेखी सचिव रिक्त रहेपछि गाउँपालिकाले हेल्थपोष्टका प्रमुख अहेवहरुलाई वडा सचिवको जिम्मेवारीमा दिएको हो । गाउँपालिकाले राम्चे हेल्थपोष्टकी अहेव वनिका गुर्वजालाई ८ नम्बर वडा सचिव, शिख हेल्थ पोष्टका अहेव विर्खबहादुर तिलिजालाई ५ नम्बर वडा सचिवको जिम्मेवारी दिई काममा लगाईएको छ । त्यसैगरी वडा नं ६ घारको वडा सचिवको जिम्मेवारी गाउँपालिका कार्यलयकी प्रशासन सहायक पुजा अर्याललाई दिईएको छ ।
‘विरामीको उपचार गर्नु पर्ने श्वास्थ्यकर्मीलाई ल्याएर वडाका योजना र अन्य दैनिक प्रशासन चलाउनु परेपछि स्थानीय तहको यो भन्दा हरिवैराग के हुन्छ ? कसरी स्थानीय तह सफल हुन्छन ?’ अन्नपूर्ण गाउँपालिकाका प्रशासकीय अधिकृत नविन सुवेदीले गुनासो गर्दै भने, ‘गाउँपालिका आफ्नै कार्यक्रम संञ्चालन गर्न समस्या भएको छ । फ्रदेश र संघिय साँसदहरुको अतिरिक्त कार्यत्रम सम्पन्न गर्नु पर्ने छ । ’
अहेवको मुख्य भुमिका विरामीको उपचार गर्ने काम अनमिलाई हस्तान्त्रण गरिएको छ । गाउँपालिका कार्यालयमा प्रशासन तर्फ ३२ जना कर्मचारी दरवन्दी रहेपनि जम्मा १४ जना कर्मचारी कार्यरत छन । यीमध्य ५ जना एक हप्ता अघिमात्र सेवा प्रवेश गरेका हुन ।
गाउँपालिकाको प्राविधिक शाखा तर्फ ४ जना असिस्टेन्ट सव इन्जिनियर रिक्त छ । गाउँपालिकाले सव इन्जिनियर भर्ना गर्न विज्ञापन गर्दा कसैको पनि उम्मेदवारी परेन । एक वडा एक प्राविधिक भनिएपनि गाउँपालिकामा एउटै कृषी र पशु सेवा कार्यालयका कर्मचारी छैनन । लेखा सहायक र आन्तरिक लेखा परिक्षण शाखा पनि रिक्त छ ।
जनतासँग प्रत्यक्ष सरोकार राख्ने वडा सचिव, लेखा अधिकृत, प्राविधिक, स्वास्थ्य, पशु, कृषी, लगाएतका कर्मचारी नहुँदा काम प्रभावित भएको छ । अन्नपूर्ण गाउँपालिकाको कार्यक्रम संञ्चालन गर्ने मुख्य जिम्मेवारी रहेका प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर र लेखा अधिकृत तीनै जना १० दिन अघि कार्यालयमा आएका हुन । प्रसासकीय प्रमुखसँग पनि स्थानीय तहमा काम गरेको अनुभव छैन । इन्जिनियर र लेखा अधिकृत दुवै १० दिन अघि मात्र निजामति सेवा प्रवेश गरेका हुन ।
गाउँपालिकाको बजेट सम्बन्धी सवै खर्च तथा भुक्तानी ‘सुत्र’ सफ्टवयरमा राखेर काम गर्नु पर्ने भएपनि लेखापाल नयाँ भएकोले सफ्टवयर चलाउनै समस्या भएको छ ।
‘म स्थानीय तहमा नयाँ, इन्जिनियर र लेखापाल सेवामै नयाँ प्रवेश भएकोले काम गर्न अलमल भएको छ । यही बेला गाउँपालिकाले पर्यटन महोत्सव, अध्यक्षकप खेलकुद प्रतियोगिता आयोजना गरेको छ’ प्रशासकीय प्रमुख सुवेदीले भने, ‘आधा बर्ष सकिँदासम्म गाउँपालिकाले बेनी नगरपालिकाबाट काजमा लेखापाल झिकाउने शिक्षक/कर्मचारीको तलवभत्ता खुवाएर मात्र बसेको छ । २ सयबढी योजनाको सम्पन्न गर्न चटारो छ ।’