FLASH NEWS
  • Loading...

के हो कोरोना भाइरस?

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २२६ पटक पढिएको
के हो कोरोना भाइरस?

मानिसहरुलाई नोबल कोरोना भनेको नयाँ भाइरस हो भनेर अफवाह फैलाइएको हो। त त्यो होइन। किनकी यो १९३७मा पहिलो पटक नोबल कोरोना भाइरस देखा परेको थियो।यो देखा परेको लगभग ७० वर्ष भइसक्यो।
त्‍यसपछि सन् १९६० मा मानिसमा पहिलो पटक देखा पर्‍यो। आजसम्‍म यसले आफ्नो ७ वटा स्ट्रेनहरु बनाइसकेका छन् अर्थात यसको परिवारमा अहिले सात नयाँ स्वरुपहरु थपिएका छन्।

जसमध्‍ये मानवलाई असर गर्ने ७ नम्बरको परिमार्जित स्वरुप हो नोबल कोरोना। यो भाइरस पहिला पहिला जनावरबाट मानिसमा सर्‍यो तर प्रत्येक पटक नयाँ स्वरुपमा देखा पर्न थालेको हो। अहिले भने यसको सर्ने तरिकामा फरक भएर आयो। कोरोना अहिले भटाभट मानिसबाट मानिसमा सरिरहेको छ हावाको माध्‍यमबाट, आँखाको माध्‍यमबाट, छुवाइको माध्‍यमबाट अनि कसैले हाछ्‍यू गर्दा वा टिस्यू पेपर जथाभावी फालेकोबाट।
यसलाई हामी मेडिकल भाषामा Severe acute respiratory syndrome (SARS) र Middle East respiratory syndrome coronavirus (MERS) भन्छौ अर्थात श्वास प्रश्वासको माध्‍यमबाट र मिडील इस्टमा देखा पर्ने कोरोना भाइरस।

कसरी सर्छ कोरोना ?

अहिले मानिसहरुमा भ्रम छ की मास्क लगाएमा कोरोना सर्दैन। होइन त्यो गलत हो। मास्कले लगाएमा सर्नबाट रोक्दैन। यसको मुख्‍य लक्षण खोकीको माध्‍यमबाट हो। अर्को वस्तुमा संक्रमण भइसकेकफछि वस्तु छुँदा पनि सर्छ।
यसका साथै कोरोना लागेको व्‍यक्तिले अर्को छुँदा, खोक्दा, रुमालले हाछ्‍यू गर्दा, हात मिलाउँदा सर्छ। यो रोग हावाको माध्‍यमबाट छिटो सर्ने भएकाले मानिसहरु सतर्क हुनु एकदमै जरुरी छ। पहिलो कुरा त कोरोना लागेको व्‍यक्ति धेरै मानिस नभएको ठाउँमा जानु भएन। कुनै पनि सामान छुनु भएन। र्‍याल, खकार जहातही फाल्नु भएन।
र अरुले पब्लिक ठाउँमा छुनु भएन। छोइ हालेमा साबुन पाद्दीले हात धुनु पर्छ। खोकी, हाछ्यू, गर्ने व्‍यक्तिसँग हात मिलाउनु भएन। यति मात्रै नभएर यो
आँखाबाट पनि सर्छ। यो एक प्रकार भाइरल हो। यसको कुनै पनि उपचार छैन। अहिलेसम्‍म यसको उपचारको लागि औषधि नै बनेको छैन। किनकी परीक्षण गर्नै एक वर्षसम्‍म लाग्छ।

उपचार के त ? कति देश मानिस संक्रमित ?

खासमा यसको उपचार छैन। खाली जोगाउने मात्रै हो। किनकी यो कोरोना भाइरसको परिवारभित्र प्रत्‍येक वर्ष नयाँ स्वरुपमा देखा परिरहेको छ। हालसम्‍म कोरोनाबाट संक्रमित देशहरुको संख्या ३७ पुगिसक्‍यो जसमा सार्स अर्थात श्वासप्रश्वासको समस्‍याबाट कोरोनाले आक्रमण गरिरहेको छ भने ७सय ७४ जना मानिसहरु मरिसकेका छन्।

कसरी जोगिने ?

नाक र मुख टिस्यू वा रुमालले छोप्‍ने अनि मात्र छोप्‍ने।
टिस्यू पेपर फाल्नु भएन। एउटा निश्चित ठाउँमा लगेर जलाउनु पर्छ।
खोक्दै फाल्नु ठूलो गल्ती हो। जतिचोटी खोक्छन् त्यति पटक साबुन पानीले हात धुनु पर्छ।
पब्लिक ठाउँमा जानु भएन। अर्काको कुनै पनि चीज छुनु भएन।
सकभर कुनै पनि जनावरलाई छुनु भएन।
सकभर माछामासु नखाने। काँचो मासु खाँदै नखाने खाइहालेमा राम्रहरी पकाएर मात्रै खाने।