- Loading...
खाेप्रा पदमार्गकाे जंगलमा हराएका चार नेपालीकाे खाेजी जारी, फाेनमा कुरा हुन्छ, मान्छे भेटिन्नन

- पुनहिल डट कम
- ५ साल अघि
- ३०८ पटक पढिएको
खोप्रा–नारच्याङ पदमार्गमा अलपत्र पर्यटककाे खाजी जारी अन्नपुर्ण गाउँपालिका–४ नारच्याङको माथिल्लो क्षेत्रमा विहिवारदेखी जंगलमा अलपत्र अंकीत शाह समेत चार जना नेपाली पर्यटककाे अझै उद्धार हुन सकेकाे छैन ।
खाेप्राबाट नारच्याङ गाउँ झर्दै गर्दा बाटो बिराएर चार जना पर्यटकहरु विहिवारदेखि अल्पत्र परेका हुन् ।
अल्पत्र परेका पर्यटकहरुमा काठमाण्डाैका अंकीत शाह सहित चार नेपाली पर्यटक बाटाे विराएपछि बाक्लाे हिउँसहितकाे जंगलमा अलपत्र परेकाे प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए । हिउँले बाटो ढाकिएको कारण बाटो विराएर जंगलतर्फ अप्ठ्यारो भुभागमा अल्पत्र परेको जानकारी आएपछि खोजीकार्यलाई तिब्र पारिएको प्रजिअ ढकालले बताए ।
‘‘ उहाँहरुसंग निरन्तर मोवाईल सम्पर्क गरि खोजीकार्य तिब्र पारिएको छ, सम्भव भएसम्म आगो बालेर धुवा मार्फत संकेत दिन अनुरोध गरेका छौँ, अल्पत्र परेको स्थान पहिचान नभएको कारण थप समस्या भएको छ’’ खोजीकार्यको लागि जानुभएका प्रजिअ ढकालले भने ।
अहिले स्थानीय युवाहरुसंगै प्रजिअ ढकाल, प्रहरी नायब उपरिक्षक किरणजंग कुँवर र सशस्त्र प्रहरी समेतको टोली अल्पत्र परेका पर्यटकको खोजीको लागि त्यसतर्फ गएका छन् । मोवाईल सम्पर्कबाट आफुहरु अल्पत्र परेको खवर गरेपनि घना जंगल, भिर र बाख्लो हिउँको कारण उनीहरु रहेको स्थानको पहिचान गर्न कठिनाई भएको खोजीको लागि नारच्याङबाट गएका स्थानीय चुपिन पुर्जाले बताए ।
‘‘हिउँले हिँड्न नै कठिन छ, उहाँहरुले खोचमा छौँ भन्नुहुन्छ, तर कतातिरको कुन खोचमा हो अझै पहिचान गर्न सकिएको छैन’’– पुर्जाले सुनाए। विहिवार दिउँसो खोप्रालेकबाट नारच्याङ तर्फ आउँदै गर्दा बिच बाटोमै हराएका पर्यटकहरुले रातीमात्रै मोवाईल मार्फत आफहरु हराएको जानकारी गराएका थिए ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























