FLASH NEWS
  • Loading...

‘कोरोना भाइरससँग नआत्तिनुस् बरू जोगिनुस्’ डा. शेरबहादुर पुन

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३४५ पटक पढिएको
‘कोरोना भाइरससँग नआत्तिनुस् बरू जोगिनुस्’ डा. शेरबहादुर पुन

कोरोना भाइरसबाट डराउनु वा आत्तिन जरूरी छैन। अहिलेको चर्चा पूर्वसचेतताका लागि हो। लक्षण पनि अरू रोगसँग मिल्दाजुल्दा छन्। त्यसकारण संक्रमण भइहालेमा पनि मरिहाल्छु कि भनेर सोच्नु हुँदैन। सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँगको अन्तर्वार्ता 

कोरोना भाइरस के हो ?

सामान्य भाषामा कोरोना भाइरस भनेको एउटा ‘ग्रुप अफ भाइरस’ हो। त्यहाँबाट विभिन्न प्रकारका प्रजाति निस्कन्छन्। यसअघि दुईवटा कोरोना भाइरस निस्केका थिए। एउटा ‘सार्स कोरोना’ र अर्को ‘मर्स कोरोना’। सार्स सन् २००२ र २००३ तिर चीनमा देखिएको थियो। यो ३०–३५ देशहरूमा फैलिएको थियो।

‘मर्स कोरोना’लाई ‘मिडल ईस्ट’ भाइरस पनि भनिन्छ। यसको प्रभाव अरेबियन देशहरूमा धेरै छ। सार्स धेरै वर्षदेखि देखिएको छैन भन्ने छ भने मर्स आजको मितिसम्म देखिएको छ। यही बीचमा २०१९ को डिसेम्बरमा चीनमा एउटा भाइरस देखियो। त्यसलाई मर्स कोरोना भाइरस जस्तो भनिएको थियो, मानिसहरू निमोनियाको बिरामी हुन थालेका थिए।

यसलाई चाइना भाइरस, हवान भाइरस, ह्युवान भाइरस, वुहान निमोनिया भाइरस भन्दै  विश्व स्वास्थ्य संगठनले नोबेल कोरोना भाइरस भन्ने नाम दियो। अहिले यो भाइरस तीव्र गतिमा फैलिँदै अमेरिकासम्म पुगेको छ। विश्व स्वास्थ्य संगठनले आपत्कालीन अवस्था भनेर घोषणा गरेको त छैन। तर, विश्वव्यापीरूपमै सचेत रहन आग्रह गरिसकेको छ। र, यो भाइरसबाट प्रभावितहरूलाई उच्च निगरानीमा राखिएको छ।

नोबेल कोरोना भाइरसका लक्षण के–के हुन्, हामीले कसरी थाहा पाउने ?

यो नयाँ भाइरस हो। आजसम्म कसैलाई पनि धेरै थाहा छैन। यो भाइरस चर्चामा आएको र यसका प्रजातिबारे पत्ता लागेको धेरै भएको छैन। अझ यो सर्पबाट पो मानिसमा सरेको हो कि भन्ने आशंका पनि व्यक्त गरिएको छ। यो आशंकामा अझै पनि वैज्ञानिकहरूले पूर्णरूपमा विश्वास गरिरहेका छैनन्। सर्पबाट कसरी सर्न सक्छ भन्ने तर्क–वितर्क जारी नै छन्। यो अनुसन्धान मेरो सरोकारको विषय पनि बनेको छ। सर्पमा भेटिएको कोरोना भाइरस मानिसमा देखिएका कारण सर्पबाटै सरेको हुन सक्छ भन्ने सम्भावना बढी हो।

चीनको वुहानमा रहेका सि फुड मार्केटबाट यो भाइरस आएको हुन सक्छ भन्ने पनि छ। त्यो ठाउँमा सि फुडलगायत जनावरको मासु खाने, बेच्ने गरिन्छ। त्यहाँ सर्प खाने चलन पनि छ। तर, अझै खोज जारी छ। यसको लक्षण एकदमै प्रष्ट छैन। मैले ‘मेडिकल हिस्ट्री’ हेर्दा के पाएँ भने नोबेल कोरोना भाइरसको मुख्य लक्षण तीनवटा छन्, ज्वरो आउनु, सास फेर्न गाह्रो हुनु र छाती कसिएको महसूस हुनु हो।

ज्वरो आउने, टाउको दुख्ने, छाती दुख्ने अरू रोगका लक्षण पनि हुन सक्छन्। यो चिसोमा सामान्य रुघाखोकी लाग्दा पनि कोरोना भाइरस लाग्यो कि भन्ने डर मानिसमा देखिन्छ नि!

भविष्यमा के हुन्छ म भन्न सक्दिनँ तर, अहिले तर्सिनुपर्ने अवस्था छैन। यो भाइरस अहिले धेरै देशमा फैलिएको छैन। वुहानमा देखिएको भाइरसका लागि चीनले निकै कडाइ गरेको छ। यसको मतलब यो फैलिँदैन भन्ने होइन। हामीले यो नेपालमा नफैलियोस् भन्नेमा बढी ध्यान दिनुपर्छ। भाइरस देखिहालेमा छुट्टै उच्च निगरानीमा राखेर उपचार गर्ने हो। मुख्य कुरा हामी कसरी जोगिने भन्ने हो। हामीले अन्तर्राष्ट्रिय विमानस्थलमा र स्थल मार्गका नाकाहरूमा हेल्थ डेस्क राख्न जरुरी छ, जसको शुरूवात भइसकेको छ। विश्वले जसरी नोबेल कोरोना भाइरसबाट बच्न अभ्यास गरिरहेको छ, त्यो उपाय हामीले पनि अपनाइसकेका छौं। हामीले पनि श्वास फेर्न अप्ठ्यारो भए आउनुस् भनेर भनिसकेका छौं।

यो भाइरस नसरोस् भन्नका लागि के गर्ने ?

यो कुनै विशेष प्रकारको औषधिले ठीक पार्छु भन्ने होइन। यो लक्षणको आधारमा डाक्टरले उपचार गर्दै जाने हो। जस्तो हामीले डेंगीको उपचार गरेका थियाैं। यो भाइरस उमेरले पाका भएका व्यक्ति र पहिलेदेखि नै दीर्घ रोग लागेका मानिसमा देखिएको छ। बालबालिकाको उपचार पनि सामान्य तरिकाले हुन्छ। त्यसैले आत्तिनु हुँदैन तर, जोगिनु आवश्यक छ।

देखापढीबाट

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र