FLASH NEWS
  • Loading...

भगतवतीका अमितको उपचारमा ओमकुमारी कोषद्धारा आर्थिक सहयोग

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २१७ पटक पढिएको
भगतवतीका अमितको उपचारमा ओमकुमारी कोषद्धारा आर्थिक सहयोग

रुखले किचेर घाईते रघुगंगा गाउँपालिका, २ भगवतीका अमित केसीको उपचारकालागी विपन्नको उपचारमा सहयोग जुटाउँदै आएको मानवीय संस्था ओमकुमारी शान्ति कोष आर्थिक सहयोग गरेको छ ।

माघ १ गते आफ्नै गाउँमा रुख ढलाउने क्रममा च्यापिएर मेरुदण्ड र खुट्टामा चोटबाट सख्त घाईते केसीको थप उपचारकालागी ओमकुमारी शान्ति कोषको ३० हजार तथा सदस्यहरुबाट थप १३ हजार समेत ५३ हजार रुपैयाँ कोषका तर्फबाट काँग्रेस पूर्व सभापति रेशमबहादुर बानियाँले उक्त रकम आफन्तलाई हस्तान्त्रण गरेका हुन ।

घाईते केसीको राजधानीको ग्राण्डी अस्पतालमा उपचार भैरहेकोमा आर्थिक अभाव हुँदै गएपछि टिचिङमा रिफर गरी उपचार भैरहेको छ ।

विपन्न र आर्थिक अवस्था कमजोर जिल्लाबासीको श्वास्थ्य उपचारमा सहयोग जुटाउँदै आएको ओमकुमारी शान्ति कोषले अन्य विरामी जस्तै केसीको आफन्तको बैंक खातामा उक्त सहयोग रकम जम्मा गरेको हो ।

‘दिन जान्यो, बााच्न जान्यो’ भन्ने मुल भवनासहित गठन भएको ओमकुमारी शान्ति कोष आर्थिक अभावकै कारण अस्पताल पुग्न र ज्यान गुमाउन बाध्य विपन्न जिल्लाबासीको उपचारमा सहयोग जुटाउँदै आएको छ । हाडभित्र मासी उत्पादन नहुने (हाईपोलास्टीक एनीमिया) रोगबाट ग्रसित साविक सिङ्गा–१ थामडाँडाकी ओमकुमारी पुन (शान्ति)को उपचार गर्न संञ्चालन गरिएको ओमकुमारी बचाउ अभियानबाट बचेको १३ लाख रुपैयाँ नै ‘ओमकुमारी शान्ति कोष’ बनाईएको हो ।

‘शान्ति पुनलाई बचाउन नसकेपछि संकलित रकम आर्थिक अभावले उपचार नपाएका विपन्न विरामीको उपचारमा खर्च गर्ने निर्णय गर्‍यौ । यस्तो अभियानबाट एक सय ५ जना विरामीको उपचारमा १ करोड ८३ लाख २४ हजारबढी सहयोग जुटाएका छौं’ ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले भने, ‘हामीलाई विश्वासगरी गरेको सहयोगको एक रौंपनि दुरुपयोग गर्ने छैनौं । अभियानमा हुने सवै खर्च हामीले ब्यक्तिगत गरेका छौं । सदयागदाताको एक पैसा अन्यत्र खर्च गर्ने छौनौं ।’