FLASH NEWS
  • Loading...

मोना हङ्गकङ्गले पुरस्कार तथा सहयोग हस्तान्त्रण

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३९१ पटक पढिएको
मोना हङ्गकङ्गले पुरस्कार तथा सहयोग हस्तान्त्रण

म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङद्धारा स्थापित मोना हङकङ ट्रष्ट फण्डले जिल्लाका सामुदायीक विद्यालयबाट शैक्षिक वर्ष ०७४ र ०७५ मा एसईई परिक्षामा सर्वोकृष्ट हुने छात्र/छात्रालाई पुरस्कार वितरण गरेको छ ।

मोना हङकङले शैक्षिक वर्ष ०६९ सालदेखी जिल्लाको सामुदायीक विद्यालयबाट उत्कृष्ट अङ्ढसहित एसएलसी उत्तिर्ण छात्र/छात्रालाई उच्च शिक्षा प्रोत्साहन स्वरुप आर्थिक सहयोग गर्दै आएको छ । एसएलसी परिक्षा एसईईमा रुपान्त्रण भै ग्रेड सिस्टममा गएपछि पुरस्कार कसरी वितरण गर्ने अन्यौल भएकोले दुई बर्ष रोकिएको थियो ।

एसईई ०७४ मा म्याग्दीका सामुदायीक विद्यालयबाट सर्वोकृष्ट हुने छात्र तर्फ मुक्तिधाम माध्यामिक विद्यालयका अनुपम कटुवाल (३.९० जिपिए) नगद ४० हजारसहित सम्मान पत्र र छात्रा तर्फ उत्कृष्ट हुने बेनी सामुदायीकका अस्वीनी शर्मा र सोही विद्यालयकी आशिका आचार्य (समान अङ्ढ ३.७० जिपिए)लाई जनही १२ हजार ५ सय नगदसहित सम्मान पत्रले गरियो ।

शैक्षिक वर्ष ०७५ को एसईईमा सामुदायीक विद्यालयबाट सर्वोकृष्ट हुने छात्र तर्फ राष्ट्रिय माध्यामिक विद्यालय नेप्टेचौरका निशान चोखाल (३.७० जिपिए)लाई र छात्रा तर्फ गलेश्वर मावि तोरीपानीकी मनिसा किसान (३.६४ जिपिए)ले क्रमश ः ४० हजार र २५ हजार नगदसहित सम्मान पत्रले जिल्ला समवन्यय समितिका प्रमुख देवेन्द्रबहादुर कटुवालले पुरस्कृत गरे ।

त्यसैगरी मोना हङकङ महिला विभागद्धारा जिल्लाका ६ वटै स्थानीय तहका विभिन्न विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई जनही ५५ हजार नगद सहयोग गरेको छ । यसरी मोना हङकङ महिला विभागद्धारा प्रदान गरिने सहयोग पाउने अनाथ वालबालिकामा धौलागिरी गाउँपालिकाबाट भुमे आधारभुत विद्यालयका दिपेश गुरुङ्ग, मालिका गापाबाट हेम माविमा अध्ययनरत देविस्थानकी बबिना बुढा, मंगला गापाबाट भरत सुनार, बेनी नगरपालिकाबाट वालप्रिय आधारभुत विद्यालयकी रुपा राम्जाली, रघुगंगा गापाबाट आमरमावि चिमखोलाकी साहना बुढा र अन्नपूर्ण गापाबाट कैलाश मावि दोवाकी कुसुम राम्जाली रहेका छन ।

‘मोना हङकङले जिल्लाको शैक्षिक क्षेत्रमा मात्र होईन, जिल्लाको सामाजिक तथा मानवीय सेवामा उल्लेख्य सहयोग गर्दै आएको छ । ३ वटा फरक क्षमता भएका छात्र/छात्रा अध्ययनरत विद्यालयमा ११–११ लाखको अक्षय कोष स्थापना गरिदिएको छ‘ मोना हङकङ ट्रष्ट फण्डका कार्यकारी अध्यक्ष प्रमोद श्रेष्ठले भने, ‘प्रवासमा रहेर मोना हङकङ समेत विश्वभर छरिएका म्याग्दीबासीको जिल्लाको सामाजिक, आर्थिक, मानवीय तथा भौतिक क्षेत्रमा उल्लेख्य सहयोग पुर्‍याएका छन ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल