FLASH NEWS
  • Loading...

बेल्जियमकी राजकुमारी नेपाल आउँदै

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ९६ पटक पढिएको
बेल्जियमकी राजकुमारी नेपाल आउँदै

बेल्जियमकी राजकुमारी एस्ट्रिड एक हप्ते भ्रमणका लागि नेपाल आउने भएकी छन् । उनी आइतबार नेपाल ओर्लने भएकी छिन् । माघ ५ देखि ११ गतेसम्म उनी नेपाल भ्रमणमा हुनेछिन् ।
नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नेछिन्। उनले उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेल,परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली,स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
उनी कैलाली,नवपरासी र चितवन भ्रमण गर्नेछिन्। कैलालीमा उनी क्षयरोग केन्द्रको उद्घाटन कार्यक्रममा सहभागी हुनेछिन्। यस्तै,कुष्ठराेग र क्षयरोगका बिरामीहरुसँग उनकाे भेटघाटकाे कार्यक्रम तय भएको छ। उनले नवलपरासीमा रहेको मध्यवर्ती अस्पतालको समेत भ्रमण गर्नेछिन्। यो अस्पताल एमडीआर क्षयरोग र कुष्ठरोगका लागि प्रादेशिक रेफरेन्स सेन्टरका रुपमा रहेको छ।

अस्पतालमा रहेका सेवा सुविधाहरुलाई बेल्जियमको गैरसरकारी संस्था डमीयन फाउन्डेसनले सहयोग गर्दै आएको छ। राजकुमारी उक्त संस्थाको मानार्थ अध्यक्ष समेत हुन्। राजकुमारी समाजसेवा र पर्यावरण संरक्षणका लागि विभिन्न संघ–संस्थाहरुमा समेत आबद्ध छिन्।