FLASH NEWS
  • Loading...

पोखरामा एक युवतीले जन्माइन चम्ल्याहा शिशु

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २३९ पटक पढिएको
पोखरामा एक युवतीले जन्माइन चम्ल्याहा शिशु

पोखराको मणिपाल कलेजमा एक महिलाले चम्ल्याहा शिशु जन्माएकी छन्। स्याङ्जाकाे पुतलीबजार नगरपालिका –१ की २६ वर्षीया सुनिता पौडेल प्रधानले चम्ल्याहा (चार शिशु) शिशुलाई जन्म दिएकी हुन्।
जन्मेका शिशुमध्ये ३ छोरी र १ छोरा हुन्। आमा र शिशुहरुको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ। मणिपाल कलेजमा बिहीबार तीन छोरी र एक छोरा जन्माएको उनको शल्यक्रियामा संलग्न डाक्टर महेन्द्र पाण्डेले जानकारी दिए।
उनले पहिलो बच्चा १.६ किलोग्राम तौलकी छोरी, दोश्रो १.३ किलो ग्रामको छोरा, तेश्रो छोरी १.३ किलो ग्राम र चौथो १.४ किलोग्रामकी छोरीलाई जन्म दिएकी हुन्।
सामान्यतया: नवजात शिशु जन्मिँदा २ देखि २.५ किलो हुनुपर्ने मानिन्छ। तर चार शिशुको कुल तौल ५.६ रहेको अस्पतालले जनाएको छ।
मनिपाल शिक्षण अस्पातलमा डा. महेन्द्र पाण्डेसहितको ४ जनाको टोलीले शल्यक्रिया गरेका थिए। चम्ल्याहा शिशुको जन्म विरलै हुनेगर्दछ। करिब ८ लाखमा एकजनाले मात्र चम्ल्याहा जन्म दिने गरेको अध्ययनले देखाएकाे डाक्टर पाण्डेको भनाई छ। शिशुलाई केहीदिन अस्पतालमा नै विशेष निगरानीमा राखी स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालले जनाएको छ।