FLASH NEWS
  • Loading...

दुर्घटनामा दुई मजदुरको मृत्यु

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ९५ पटक पढिएको
दुर्घटनामा दुई मजदुरको मृत्यु

जिल्लाका छुट्टाछुट्टै दुर्घटनामा परि दुई मजदुरको ज्यान गएको छ ।
सडक खन्नेक्रममा माथीबाट पहिरो खस्दा धौलागिरी गाउँपालिका, ७ हिलापोखरीमा स्काभेटर चालक शेरबहादुर पुनकोर जलविधुत आयोजनाको प्रवेश मार्ग निर्माणक्रममा निक्लेको माटो फाल्नेक्रममा डम्फर चालकको मृत्यु भएको हो ।
आईतवार विहान गाउँपालिकाको बजेटबाट सोही वडाको हिलापोखरीबाट सोलवाङ वस्ती जोड्ने ग्रामिण सडक खन्नेक्रममा माथीबाट खसेको पहिरोले स्काभेटरसहित पुर्दा चालक धौलागिरी गापा, ४ का पुनलाई पुरेको थियो । पहिरोले स्काभेटरसहित चालक पुरेपछि स्थानीय र प्रहरीले पहिरो पन्छ्याएर पुनको शव फेला पारेको प्रहरीले जनाएको छ ।
त्यसैविच छुट्टै घट्नामा अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङमा अवस्थित निलगिरी खोलामा निर्माणाधिन ६२ मेगावाट क्षमताको निलगिरी जलविधुत आयोजनामा कार्यरत नवलपरासीका डम्पर चालक अवन्तकुमार चौधरीको आईतवार सडक खन्दा निक्लेको माटो फाल्नेक्रममा गाडी दुर्घटना भै मृत्यु भएको प्रहरीले जनाएको छ ।