FLASH NEWS
  • Loading...

म्याग्दी उद्योग बाणिज्य संघको साधारण सभा सम्पन्न

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ११४ पटक पढिएको
म्याग्दी उद्योग बाणिज्य संघको साधारण सभा सम्पन्न

म्याग्दी उद्योग वाणिज्य संघको २६ औं बार्षिक साधारण सभा शनिवार बेनीमा सम्पन्न भएको छ ।

सधारण सभाको गण्डकी प्रदेश सरकारकी सामाजिक विकास मन्त्री नरदेवी पुनले एक समारोह विच उद्घाटन गरिन । साधार सभाको उद्घाटन गर्दै प्रदेश मन्त्री पुनले सरकार र निजी क्षेत्रको साझेदारीले मात्र देश विकास संभव रहेको चर्चा गर्दै जिल्लाको विकास आयोजना र बजेट परिचालनमा राजनैतिक पहुँचले मात्र होईन कर्मचारीतन्त्रमा पहुँच नपुग्दा पछाडी परेको अनुभव सुनाईन ।

कार्यक्रममा मन्त्री पुनले आयात प्रतिस्थापन नगरी नेपाली अर्थतन्त्र आत्म निर्भर बन्न नसक्ने बताउँदै आयातित बस्तु बेचेर मात्र उद्योगब्यवसायी बन्न नसकिने उत्पादन मुलक क्षेत्रमा लाग्न ब्यवसायीलाई सुझाईन ।

‘सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्र आर्थिक विकास ंसंभव छ । देशले स्थीर सरकार पाएकोले लगानीमैत्री वातावरण बन्दै गएको छ । अव उत्पादन क्षेत्रमा लगानी बढाउनुस’ मन्त्री पुनले भनिन, ‘आयातित वस्तुको डिलरसिप गरेर उद्योगी भईन्न । उत्पादनका क्षेत्रमा लगानी बढाउनुस, कर छुटका धेरै अवसर छन ।’

साधारण भामा जिल्लाका कलेजहरुमध्यबाट बाणिज्य शास्त्र स्नातक तहमा उत्कृष्ट नतिजा ल्याउने छात्रा/छात्र मध्य म्याग्दी क्याम्पसका निता शर्मा र हरीप्रसाद उपध्यायलाई जनही ५ हजार नगदसहित उद्योग वाणिज्य अवार्डले सम्मान गरियो । त्यसैगरी संघले १३ औं सार्क खेल प्रतियोगितामा सहभागी भै पदक विजेता म्याग्दीका अरुणा शाही, कमला पुन, तारादेवी पुन र विन्दु पुनलाई दोसल्ला र नगदसहित सम्मान गरेको थियो ।

सधारण सभाले महासचिव लिलाराम गौतमद्धार प्रस्तुत प्रगति प्रतिवेदन र कोषाध्यक्ष अमित बानियाँको तर्फबाट प्रस्तुत गरिएको आव ०७५/०७६ को आर्थिक प्रतिवेदनलाई अनुमोदन गरेको छ ।