- Loading...
जिल्लामा सुनसान भ्रमण वर्ष

- पुनहिल डट कम
- ६ साल अघि
- २५० पटक पढिएको
धौलागिरी हिमालसमेत संसारका उत्कृष्ट गन्तब्य पुनहिल समेत दर्जनबढी चलेका पदमार्ग र गन्तब्य रहेको जिल्लामा भ्रमण वर्ष सन् २०२० शुभारम्भ सुनसान रह्यो ।
देशभर भ्रमण वर्ष २०२० भब्य रुपमा मनाईएको भएपनि म्याग्दीमा कुनै सरकारी तथा गैहृसरकारी क्षेत्रबाट पर्यटन वर्ष लक्षित कार्यक्रम गरिएन । गाउँ–गाउँमा पर्यटक भित्र्याउन धमाधम पूर्वाधार निर्माणमा जुटेका पर्यटन गन्तब्य क्षेत्रका स्थानीयवासी बर्ष शुभारम्भमा देखिएको सरकारी एवं सरोकारवालाको वेवास्ताले निरास भए ।
‘दर्जनबढी घोषित पदमार्ग र पर्यटकीय गन्तब्य रहेको म्याग्दीमा भ्रमण वर्ष २०२० को शुभारम्भ शुन्य र खल्लो रह्यो’ उद्योग बाणिज्य संघका उपाध्यक्ष राजेश शाक्यले भने, ‘कम्तीमा स्थानीय तह वा पर्यटन क्षेत्रमा कृयाशिल संस्थाले औपचारिकता पनि ननिभाउनु निराशाको संकेत हो ।’
पर्यटन वर्ष–२०२० संगै पर्यटकको ओईरो लाग्ने विश्वासमा पर्यटकीय क्षेत्र महरे, खोप्रा लेक, घोडेपानी समेत वस्तीमा पुर्वाधार थप्ने, वस्ती वस्तीमा पाहुना राख्न घरवास कार्यक्रम चलाएका छन । तर भ्रमण वर्षको पहिलो दिन कहीं केही कार्यक्रम भएनन ।
‘हामीले औपचारिक कार्यक्रम नगरेपनि आज आउने पर्यटकलाई हरेक होटलले आ–आफ्नै तरिकाले स्वागत गर्ने र खानाको प्याकेजमा छुट ब्यवस्था गरेका छौं’ घोडेपानी होटल ब्यवस्थापन समितिकी सदस्य तारा पुनले बताईन् ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

































