FLASH NEWS
  • Loading...

चार दिनपछि खुल्यो बेनी–जोमसोम सडक

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ७४ पटक पढिएको
चार दिनपछि खुल्यो बेनी–जोमसोम सडक

सुख्खा पहिरो झरेपछि अवरुद्ध बेनी–जोमसोम सोझो यातायात सोमबार साँझ देखी खुलेको छ ।

शुक्रवार विहान ४ बजेदेखी झरेको सुख्खा पहिरोले सदरमुकाम बेनीदेखी २३ किमी उत्तर अन्नपूर्ण गाउँपालिका, ३ दानाको गुईठेमा यातायात पूर्ण अवरुद्ध थियो । सडकदेखी माथीको करिव ५० मिटर लामो भीर भत्केर सडक पुरेको थियो ।

‘स्तर उन्नत भैरहेको बेनी–जोमसोम सडकको गुईठेमा सुख्खा पहिरो झरेपछि चार दिनदेखी अवरुद्ध याायात सुचारु भएको छ’ सडक विभागका स्थानीय सुपरभाईजर इन्द्रसिं शेरचनले बताए  ।