FLASH NEWS
  • Loading...

आज डिसेम्बर २२ : वर्षकै छोटो दिन !

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १७५ पटक पढिएको
आज डिसेम्बर २२ : वर्षकै छोटो दिन !

आज डिसेम्बर महिनाको २२ तारिख, अर्थात् वर्षकै छोटो दिन । आज थोरै समयमात्र घाम लाग्ने भएकाले दिन छोटो र रात लामो हुने गर्छ ।

भोलीदेखी अलिअलि गर्दै दिन लामो र रात छोटा हुँदै जाने भए पनि यसको महसुस हुन भने केही समय लाग्ने ज्योतिषशास्त्रीहरु बताउँछन् । नेपाली समाजमा ‘पुस १५ लमाउनी र माघ १५ पछि घमाउनी’ भन्ने विश्वास छ । तर तिथीमिती हेरफेर भैरहेपनि नेपाली क्यालेण्डर समयानुकुल परिवर्तन नहुँदा पुस १५ पछि मात्र दिन लामो हुने भनिएको हा ।

सबै ग्रहले आ–आफ्नै समयअनुसारले सौर्य मण्डलको परिक्रमा गरिरहेका हुन्छन् । यसैलाई आधार मानेर चलनचल्तीका दिन र गतेहरु गनिन्छ । आज बिहान ६ बजेर ५१ मिनेटमा झुल्किएको घाम भरे बेलुका ५ बजेर १४ मिनेटमा अस्ताउने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

पृथ्वीको उत्तरी खण्डमा सबैभन्दा छोटो दिन आज परेको हो भने दक्षिणी खण्डमा आज वर्षको सबैभन्दा लामो दिन र रात छोटो हुने गर्छ । डिसेम्बर २०, २१ वा २३ मा दिन छोटो र रात लामो हुने गर्छ भने जुन २१, २२ र २३ मा दिन लामो र रात छोटो हुने गर्छ ।