FLASH NEWS
  • Loading...

बेनीको फोहोर नविक्दा कर्मचारीलाई मोहर समस्या

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १०५ पटक पढिएको
बेनीको फोहोर नविक्दा कर्मचारीलाई मोहर समस्या

बेनी नगरपालिकाबाट संकलित फोहोरमैला विक्रि नहुँदा कर्मचारीलाई दिने मोहरको समस्या भएको छ । मोहर नपाएपछि कर्मचारीले फोहोर संकलन गर्न छोडेका छन ।
त्यसैविच बेनी नगरपालिकाले एक सातादेखी नउठेको फोहोरमैला आईतवारदेखी संकलन हुने जनाएको छ ।
बेनी नगरपालिका र फोहोरमैला ब्यवस्थापन ठेक्का लिएको मिसन फर वेष्ट मेनेजमेन्ट प्रालि विच कर्मचारीको तवल आईतवार विहान भुक्तानी दिने र फोहोर संकलन सुचारु गर्ने सहमति भएको बेनी नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले बताए । तीन महिनादेखी तलव नपाएको भन्दै कर्मचारीले फोहोर उठाउन छोडेका छन ।
‘नगरपालिकाले कम्पनीलाई रकम पेश्कि दिने र कम्पनीले समयमै कर्मचारीलाई तवल दिई फोहोर संकलन सुरु गर्ने सहमति भएको छ’ प्रवक्ता बराईलीले भने, ‘आईतवार कर्मचारीको खातामा तलव जम्मा हुन्छ । नगरपालिकाका साविक करार कर्मचारी हाल कम्पनीका कर्मचारी विच केही मिस अण्डरस्ट्याण्डिङले पनि केही प्रभाव परेको छ ।’
तीन महिनादेखी तलव नपाउँदा आफ्नो छाक बसेको फोहोर संकलनमा संलग्न मजदुरले बताएका छन । बेनीको फोहोर संकलनमा १४ बर्षदेखी संलग्न बेनी नगरपालिका, ३ भकिम्लीकी मनकुमारी परियार समेत जुना दमाई र चित्रबहादुर बुढाथोकीले तलव नपाएका हुन ।

बेनी नगरपालिकाले कम्पनीलाई समयमा रकम भुक्तानी नदिएको र डम्पिङ् साईटमा संकलित फोहोर विक्रि नहुँदा मजदुरलाई मासिक तलव दिन नसकेको बेनीबाट उत्सर्जन हुने फोहोरमैला ब्यवस्थापनको जिम्मा लिएको पोखराको मिसन फर वेष्ट मेनेजमेन्ट प्रालिले बताएको छ । बेनी नगरपालिकासँग हामीले उपकरणको इन्धन र मर्मत गर्ने तथा मजदुरको तलव मात्र दिने गरी ब्यवस्थापन जिम्मा लिएको भएपनि मजदुरले अन्य सेवा सुविधाको विषय जोडेर आन्दोलन सुरु गरेका दावि गरेको छ ।
‘नगरवासीबाट संकलित फोहोरमैलाको रकम नगरपालिकाले मासिक झुक्तानी नदिएको र संकलित कवाडी वित्रि नभएकोले कर्मचारीको तलव ढिलाई भएको हो । तवल नदिएका होईनौं, हामी रिऋ खोजेर तलव भुक्तानी तयारीमा छौं’ बेनीको फोहोर ब्यवस्थापन कम्पनीका संञ्चालक सदस्य मध्यका एक यामबहादुर परियारले भने, ‘हामीले फोहोरमा नै मोहोर खोज्ने हो । फोहोरमा टिपेको मोहोर कर्मचारीलाई दिने र हाम्रा परिवार पाल्ने हो । यो सिजनमा संकलित कवाडी विक्रि नभएकोले कठिनाई भएको हो । हामी भाग्दैनौं ।’
नगरपालिकाको बेनी, गलेश्वर र तातोपानी क्षेत्रबाट उत्सर्जन हुने फोहोर ब्यवस्थापन गर्न आफ्ना फोहोर संकलनमा संलग्न कर्मचारी सहित पोखरा महाँनगरपालिका, ५ को मिसन फर वेष्ट मेनेजमेन्ट प्रालिलाई ठेक्का दिएको थियो । एक दशकबढी आफ्नो कार्यालयमा सेवा गरेका कर्मचारीलाई अर्को निजी कम्पनीलाई सुम्पेको बेनी नगरपालिकाले तीन महिनादेखी तलव नपाउँदा भने रमिते बनेको छ । फोहोर मैलाबाट संकलिन ४० प्रतिशत शुल्क नगरपालिका र ६० प्रतिशत रकम कम्पनीले पाउने सम्झौता छ ।
‘हामीले नगरको फोहोर उठायौं । सवैको घर सफा भयो, जनप्रतिनिधी सुकिला भए  तर नगरपालिकाले हामीलाई पशु झै अर्को निजी कम्पनीलाई बेच्यो । आज ज्याला माग्दा सवै रमिते बने’ १४ बर्षदेखी बेनीको फोहोर उठाउँदै आएकी मनकुमारी परियारले रुँदै भनिन, ‘मानवताको न्याय माग्न नगरपालिकाको दैलोमा गयौं तर पशुको ब्यवहार खेप्नु पर्यो ।’
संकलित फोहोरबाट पुनःप्रयोग हुने वस्तु झिकेर, सड्ने वस्तीको कम्पोष्ट मल उतपादन गर्ने र बाँकी वस्तुलाई नगरपालिकाले उपलब्ध गराएको सेतीपहिरो स्थित फोहोर संकलन केन्द्रमा विर्सजन गर्ने छ । फोहोर विर्सजन गर्दा आगो लगाउन नपाईने सम्झौतामा उल्लेख छ ।
बेनी नगर क्षेत्रबाट औधोगी, स्पताल/श्वास्थ्य निकाय, इलेक्ट्रिक र घरायसी गरी दैनिक ५ टनबढी फोहर उत्सर्जन हुन्छ । दैनिक निक्लने फोहरमध्य रवर, छाला एक प्रतिशत, धातुजन्य २ प्रतिशत, कपडा २ प्रतिशत, सिसाजन्य ३ प्रतिशत, कागज ९ प्रतिशत, प्लास्टिक जन्य ११ प्रतिशत, अन्य ७ प्रतिशत र बाँकी ६५ प्रतिशत वस्तु जैविक फोहरमैला हो ।