FLASH NEWS
  • Loading...

दाहाल पत्नी सीता रामदेवको योगपीठमा

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ८६ पटक पढिएको
दाहाल पत्नी सीता रामदेवको योगपीठमा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीतालाई उपचारका लागि भारतको हरिद्वारस्थित रामदेवको पतञ्जली योगपीठमा लगिएको छ।

छोरी गंगाले आमा सीतालाई उपचारका लागि रामदेवको योगपीठमा लिएको जानकारी दिएकी छन्। आयुर्वेदिक उपचारका लागि सीतालाई रामदेवको योगपीठमा पुर्‍याइएको उनले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेकी छन्। उनीहरूको साथमा पूर्वमन्त्री एवं नेकपा नेता मात्रिकाप्रसाद यादव र उनकी पत्नीपनि हरिद्वार पुगेका छन्।

दाहालपत्नी सीता लामो समयदेखि बिरामी छन्। उनलाई पार्किन्सन्स जस्तै लक्षण भएको एक जटिल रोग लागेको चिचित्सकहरूले बताएका छन्। त्यसलाई चिकित्सकीय भाषामा प्रोग्रेसिभ सुपरन्युक्लियर पाल्सी (पीएसपी) भनिने नेकपा अध्यक्ष दाहालले यसअघि बताएका थिए। जुन निकै दुर्लभ रोग हो। जसको उपचार अहिलेसम्म पत्ता लागेको छैन।

सीताको स्वास्थ्यमा सुधार नभएपछि उनलाई आयुर्वेदिक उपचार गर्दै आइएको छ। दहाललाई गत बर्ष प्राकृतिक तातोपानीमा डुब्न म्याग्दीको तातोपानी पुर्‍याईएको थियो । तातोपानीमा पनि खास सुधार नभएपछि तीन दिनमै दहाललाई फर्काईउको थियो । उपचारका लागि दाहाल गएको चैतमा अमेरिका पुगेका थिए। त्यसअघि सीतालाई उपचारका लागि सिंगापुर लगिएको थियो। तरपनि, उनको स्वास्थ्यमा ‘खासै’ सुधार हुन सकेको छैन।

देखापढीमा समाचार छ ।