FLASH NEWS
  • Loading...

कास्की २ बाट निर्वाचित विद्या भट्टराईले लिइन् सांसद पदको शपथ

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ११६ पटक पढिएको
कास्की २ बाट निर्वाचित विद्या भट्टराईले लिइन् सांसद पदको शपथ

कास्की २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विद्या भट्टराईले शपथ ग्रहण गरेकी छन् । भट्टराईले मंगलबार संसद सचिवालयमा आयोजित एक कार्यक्रमबीच उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेसमक्ष पद तथा गोपनियताको शपथ लिइन् ।

नेकपाबाट उम्मेदवार बनेकी भट्टराई गत मंसिर १४ गते भएको उपनिर्वाचनमा २४ हजार ३९४ मतले विजयी भएकी हुन । उनले निकटतम् प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार खेमराज पौडेललाई ८ हजार ४०३ मतान्तरले पराजित गरे।

शपथ कार्यक्रममा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, प्रतिनिधिसभामा नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, सचेतक शान्ता चौधरी, राष्ट्रियसभामा नेकपा प्रमुख सचेतक खिमलाल भट्टराईलगायतको उपस्थिति थियो।
कास्की–२ बाट जितेपछि मन्त्री भएका रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएका कारण उक्त क्षेत्रमा अधिकारीपत्नि विद्यालाई उम्मेदवार बनाएको थियो। ४७ वर्षीया भट्टराई त्रिविको उपप्राध्यापकबाट राजीनामा दिएर चुनावमा होमिएकी थिइन्।