FLASH NEWS
  • Loading...

एसइई परीक्षा चैत ६ गतेबाट

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ९९ पटक पढिएको
एसइई परीक्षा चैत ६ गतेबाट

राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७६ चैत ६ गतेबाट सञ्चालन गर्ने भएको छ।
राष्ट्रिय परीक्षा बोर्डको मंसिर ३० गते बसेको बैठकले यो निर्णय गरेको हो। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने बोर्डद्वारा जारी सूचनामा जनाइएको छ। पहिलो दिन अंग्रेजी विषयको परीक्ष हुनेछ।
बोर्डले नियमित ग्रेड वृद्धि तथा प्राविधिक समेत सबैको सोही चैत ६ गतेबाट १७ गतेसम्मको परीक्षा तालिका सार्वजनिक गरेको छ। नियमित तथा ग्रेड वृद्धिका विद्यार्थीको हकमा भने नयाँ पाठ्यक्रम अनुसार परीक्षा हुनेछ।

यस्तै ६ गते नै वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य/अनिवार्य अंग्रेजी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । ७ गते शुक्रबार अनिवार्य नेपाली हुनेछ भने गैरनेपाली विद्यार्थीका लागि अंग्रेजी विषयको परीक्षा हुनेछ । यस्तै चैत्र ९ गते आइतबार अनिवार्य गणित, १० गते सोमबार अनिवार्य विज्ञान तथा वेदविद्याश्रमतर्फ भने अनिवार्य संस्कृत व्याकरण तथा अनुवादको परीक्षा हुनेछ ।

यस्तै, चैत्र ११ गते मंगलबार अनिवार्य सामाजिक अध्ययनको परीक्षा हुनेछ भने, प्राविधिकतर्फ फार्म म्यानेजमेन्ट एण्ड मार्केटिङ/इनिजनियरिङ ड्रइङ/कम्प्युटर रिपेयर एण्ड मेन्टिनेन्स, वेसिक म्युजिक हुनेको परीक्षा हुने सूचनामा उल्लेख गरिएको छ । १२ गते बुधबार अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, १३ गते ऐच्छिक प्रथमका सबै विषयहरु, १४ गते ऐच्छिक देस्रोतर्फका सबै विषयको परीक्षा हुनेछ ।

परीक्षा बोर्डले परीक्षाको समयमा आकस्मिक बिदा पर्न गएमा परीक्षा नियन्त्रण कार्यालयको सूचना बेगर स्थगित नहुने जनाएको छ।