FLASH NEWS
  • Loading...

सुख्खा पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ८५ पटक पढिएको
सुख्खा पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

स्तरवृद्धि भैरहेको बेनी–जोमसोम सडकमा झरेको सुख्खा पहिरोले यातायात अवरुद्ध भएको छ ।

शुक्रवार विहानै देखी परेको झरीपछि सदरमुकाम बेनीदेखी २३ किमी उत्तर अन्नपूर्ण गाउँपालिका, ३ दानाको गुईठेमा झरेको पहिरोले यातायात पूर्ण अवरुद्ध भएको हो । सडकदेखी माथीको करिव ५० मिटर लामो भीर भत्केर सडक पुरेको हो । सडक अवरुद्ध भएपछि म्याग्दी–मुस्ताङ सोझो सडक यातायात टुटेको छ ।

‘स्तर उन्नत भैरहेको बेनी–जोमसोम सडकको गुईठेमा पहिरो झरेकोले याायात अवरुद्ध छ । २ वटा डोजरले पहिरो पन्छ्याउने काम भैरहेको छ, शनिवार साँझसम्म पहिरो यातायात खोल्न सकिने अनुमान छ’ सडक विभागका सडक हेर्ने सुपरभाईजर इन्द्रसिं शेरचनले बताए ।

तस्वीर सौजन्य ः इन्द्रसिं शेरचन