FLASH NEWS
  • Loading...

म्याग्दीका गाउँमा हिमपातपछिका तस्वीर

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ११३ पटक पढिएको
म्याग्दीका गाउँमा हिमपातपछिका तस्वीर

शुक्रवार विहानदेखी परेको हिमपातले म्याग्दीको उपल्लो क्षेत्रका वस्ती तथा डाँडापाखा सेताम्मे भएका छन । हिमपातपछि अधिक चिसोले जनजीवन प्रभावित भएको छ ।

हिमपातबाट जिल्लाको सवैभन्दा दुर्गम वस्ती गुर्जा पैदलमार्गबाट विच्छेद भएको छ । शनिवार विहानदेखी मौषममा सुधार आएपछि हिउँ खेल्नेहरु वेंशीबाट पहाडका टाकुरामा चढेका छन । तर चिसोले बृद्धबृद्धा, बालबालिका र रोगीलाई सास्ती भएको छ ।

बाक्लो हिमपातले उपल्लो क्षेत्रमा खुल्ला चरिचरनमा पालिदै आएका परम्परागत भेडा गोठाला र भेडालाई चरन समस्या भएको छ । तल्लो क्षेत्रका गाईवस्तु पनि खुल्ला छोड्न सकिएको छैन । कृषकले गोठमा आगो बालेर गार्यवस्तुलाई तातो बनाएका छन ।

लामो खडेरीपछि हिमपात भएकोले कृषकहरु भने खुशी भएका छन । ‘ठिक्क समयमा पानी परेकोले गहुँ, केराउ तथा तोरीवालीलाई सिंचाई भएको छ । जता ततै खनेका सडकमा धुलो उडेर हैरान थियो, धुलो बसेको छ’ धौलागिरी गाउँपालिका, ७ ताकमका पुस्कर भण्डारीले भने, ‘चिसो बढेको छ । शनिवारसम्मै पानी परिरहे हिउँ नै खस्न सक्छ ।’

तस्वीर सौजन्य ः तारा पुन, पोक पुर्जा, राजु राम्जाली