FLASH NEWS
  • Loading...

गाई सरक्षंणका पर्वतको जलजला गौमहोत्सव सुरु

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ९२ पटक पढिएको
गाई सरक्षंणका पर्वतको जलजला गौमहोत्सव सुरु

स्थानीय गाई संरक्षण लागि पर्वतको जलजला गाउँपालिका– ७ धाईरिङ मिलनचोकमा गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट महायज्ञ एवम् गौँमहोत्सव विहिबारदेखि सुरु भएको छ।

गण्डकी गोपाल गौशाला धाईरिङको आयोजनामा गाई संरक्षण संगै प्रसिद्ध कालञ्जर क्षेत्रको विकास र प्रचारप्रसारको लागि पर्वतको फेदी र कालिगण्डकी नदीको किनारमा गौमहोत्सव आयोजना गरिएको हो । मंसिर १९ देखि २६ गतेसम्म संचालन हुने गौमहोत्सवको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र महायज्ञका प्रमुखबाचक एवम् संकल्पकर्ता कमलनयन आचार्यले गरेका हुन् ।

स्वामी कमलनयनाचार्यको संकल्प र स्थानीयको सक्रियतामा वि.स २०७२ मा धाइरीङमा गण्डकी गोपाल गौशाला स्थापना गरिएको थियो । अहिले गौशालामा ३० वटा भन्दा बढी गाई रहेका छन् । उद्घाटनको पुर्व सन्ध्यामा मिलनचोक हुदै पर्वत बेनी म्याग्दी सदुरमुकाम बेनी लगायतको क्षेत्रमा घडासहित परिकर्मा गरिएको थियो ।