FLASH NEWS
  • Loading...

महिला भलिबलमा नेपालकाे स्वर्ण प्रयास विफल

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १२५ पटक पढिएको
महिला भलिबलमा नेपालकाे स्वर्ण प्रयास विफल

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलतर्फ नेपाललाई पराजित गर्दै भारतले स्वर्णपदक  जितेकाे छ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा भएकाे प्रतिस्पर्धात्मक खेलमा भारतले नेपाललाई ३–२ काे सेटमा पराजित गरेकाे हाे।

पहिलो सेट २५–१७ ले गुमाएको नेपालले दोस्रो सेट २५–२३ र तेस्राे सेट २५–२१ ले जितेकाे थियाे। तर चाैथाे सेट भारतले २५–२० ले जित्याे। अन्तिम तथा पाँचाै सेटमा भारतले नेपाललाई १५–६ काे सेटमा पराजित गर्दै स्वर्णपदक जितेकाे हाे।

नेपालले भने रजत पदकमा चित्त बुझाएकाे छ। रजत पदकमा समित भएपनि महिला भलिबलमा नेपालका याे ऐतिहासिक सफलता हाे।

समूह चरणको आफ्नो पहिलो खेलमा बंगलादेशलाई पराजित गरेको नेपाल दोस्रो खेलमा भारतसँग हारेको थियो। बंगलादेश समूह चरणका आफ्ना दुबै खेल गुमाएर प्रतियोगिताबाट बाहिरिएसँगै नेपाल सेमिफाइनल पुगेको थियो।

सेमिफाइनलमा श्रीलंकालाई पाखा लगाउँदै नेपालले पहिलो पटक सागको फाइनलमा स्थान बनाएको थियो।

पुरुष भलिबलतर्फ पनि पाकिस्तानलाई हराउँदै भारतले स्वर्ण जितेकाे छ।