FLASH NEWS
  • Loading...

बागलुङमा मतगणना सुरु, कांग्रेसका शेरचनको अग्रता

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १३० पटक पढिएको
बागलुङमा मतगणना सुरु, कांग्रेसका शेरचनको अग्रता

शनिबार सम्पन्न गण्डकी प्रदेशसभाका लागि बागलुङ क्षेत्र नं. २(ख)को उपनिर्वाचनको मतगणना दिउँसो पौने १ बजे मात्र सुरु भएको छ । सदरमुकाम देखि ९० किमी पश्चिमको बुर्तिवाङ र १ सय ४२ किमी भलकोट देखिका मतपेटिका राति अबेर मात्र ल्याइएको थियो । बिहान ८ बजेदेखि बसेको सर्वदलीय बैडक ११ बजे मात्र सकिएपछि मतगणनाको बाटो खुलेको थियो ।

मतगणनाका लागि तारबार लगाएर कडा सुरक्षा दिइएको छ । उम्मेदवारका एक–एकजना प्रतिनिधी बाहेक अरुलाई गणनास्थलमा जान दिइएको छैन । पत्रकारलाई पहिलो बाकस खन्याएको मात्र तस्बिर खिच्न दिएपछि बाहिर निकालिएको थियो । मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले सुरक्षा व्यवस्थाका कारण कसैलाई पनि बस्न नदिएको बताए ।

बागलुङको क्षेत्र नं. २ (ख)मा शनिवारको निर्वाचनमा २१ हजार ४ सय मत खसेको छ । नेकपाको समर्थनमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही, कांग्रेसका जितबहादुर शेरचनसहित ८ दल र २ स्वतन्त्र उमेदवार छन् । प्रारम्भिक मत परिणाम अनुसार कांग्रेसका जित शेरचनले १ हजार ५५ मतसहित अग्रता लिएका छन् । शाहीले १ हजार ४६ मत ल्याएका छन् ।

बडिगाड गाउँपालिका २ को वडा अध्यक्ष निर्वाचनमा भने नेकपाका ढालेन्द्र शेरचन विजयी भएका छन् । उनले ७ सय ४ मत ल्याएका छन् । कांग्रेसका डिलबहादुर रानाले ४ सय २२ र संघिय समाजबादीका हरिलाल रानाले ६ मत मात्र ल्याएका थिए ।