FLASH NEWS
  • Loading...

कास्की २ मा नेकपाकी विद्या भट्टराईको अग्रता

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १४२ पटक पढिएको
कास्की २ मा नेकपाकी विद्या भट्टराईको अग्रता

प्रतिनिधिसभा सदस्यका लागि कास्कीको निर्वाचन क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणना जारी छ। पछिल्लो मतगणनाअनुसार नेकपा उम्मेदवार विद्या भट्टराईले अग्रता बनाएकी छन् ।

पछिल्लो मतपरिणाम अनुसार भट्टराईले ३ हजार २७६ मत प्राप्त गरेकी छन्। नेपाली कांग्रेसका खेमराज पौडेलले पौडेलले २ हजार ११५ मत प्राप्त गरी भट्टराईलाई पछ्याईरहेका छन्।

यो ५ हजार ६४२ मत गणना गरिसक्दा सम्मको परिणाम हो। साझा पार्टीले अहिलेसम्म मात्र ३२ मत प्राप्त गरेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार  ७१ हजार ८७१ मतदाता रहेको कास्की क्षेत्र नम्बर २ मा ४६ हजार ५७५ मत खसेको छ।