FLASH NEWS
  • Loading...

प्रहरी हिरासतबाटै ७ जना थुनुवा फरार

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३२६ पटक पढिएको
Post Thumbnail

सिरहाको इलाका प्रहरी कार्यालय माइपुरपतारको हिरासत कक्षबाट ७ जना थुनुवा फरार भएका छन् ।
अहिले बेलुकी साढे ७ बजे उनीहरू प्रहरीकाे हिरासत कक्ष तोडेर फरार भएको सिरहाका एसपी उमाप्रसाद चर्तुवेदीले जानकारी दिए।
“खाना खाने क्रममा हिरासत कक्षको ढोका फोडेर भागेको खुल्न आएको छ,” उनले भने, “हामी अनुसन्धान गर्दैछौं।”
फरार भएका सातै जना विभिन्न घटनामा अनुसन्धानका लागि अदालतबाट म्याद थपेर हिरासतमा राखिएका व्यक्ति हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित