FLASH NEWS
  • Loading...

सत्तारूढ नेकपालाई शुरूआती अग्रता

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ७८ पटक पढिएको
सत्तारूढ नेकपालाई शुरूआती अग्रता

हालसम्म मतपरिणाम सावर्जनिक भएका तीन वटै वडामा नेकपाका उम्मेद्‌वार विजयी भएका छन्।

आज भएको उपनिर्वाचनमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई शुरूआती अग्रता मिलेको छ।

हालसम्म मतपरिणाम सार्वजनिक भएका तीनवटै क्षेत्रमा नेकपाका उम्मेद्वार विजयी भएका छन्।

सार्वजनिक भएको मतपरिणाम अनुसार रोल्पाको थवाङ गाउँपालिका–१, सल्यानको कुमाख गाउँपालिका–५ र कञ्चनपुरको पुनर्वास नगरपालिका–३ को वडाध्यक्षमा नेकपाका उम्मेद्वार विजयी भए।

थवाङमा नेकपाका उम्मेद्वार जनकबहादुर बुढा १७४ मतसहित विजयी भए। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलबहादुर रोकाले २६ मत पाए।

कुमाखमा नेकपाका उम्मेद्वार धर्मे बुढाथोकीले ७९२ मत पाएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी काँग्रेसका खड्गबहादुर बोहराले २५१ मत पाए।

पुनर्वासमा नेकपाका उम्मेद्वार कृष्णबहादुर तामाङ विजयी भएका छन्। उनले ५२८ मत पाउँदा निकटम प्रतिद्वन्द्वी कांग्रेसका दीपबहादुर तामाङले ३१० मत पाएका छन्।