- Loading...
नेपाली अस्मिता इङ्लिस प्रिमियर लिगमा व्यावसायिक फुटबल खेल्ने

- पुनहिल डट कम
- ६ साल अघि
- ३८७ पटक पढिएको
अस्मिताले युरोपमा प्रतिष्ठित व्यावसायिक फुटबल खेल्न लागेको पनि यो पहिलो पटक हो ।
नेपाली मूलकी अस्मिता आले विश्वकै चर्चित इङ्लिस प्रिमियर लिगमा खेल्ने भएकी छन्। उनलाई प्रिमियर लिग क्लब एस्टन भिल्लाले आफ्नो महिला टोलीमा अनुबन्ध गरेको छ। अस्मिताले युरोपमा प्रतिष्ठित व्यावसायिक फूटबल खेल्न लागेको पनि यो पहिलो पटक हो। १८ वर्षिया अस्मिताले उमेर समूहमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी थिइन्। उनी ८ वर्षको उमेरमै एस्टन भिल्लासँग अनुबन्ध भएकी हुन्।
बेलायतमा बसोबास गर्ने अस्मिता इंग्ल्यान्डको यू–१९ टोलीको सदस्य पनि हुन्। उनी गत महिना युइएफए वुमन्स यु–१९ च्याम्पियनसिप छनोटका लागि इङ्ल्यान्डले घोषणा गरेको टिममा पर्न सफल भएकी थिइन्।
अस्मिताका बुवा अमृत आले भूतपूर्व गोरखा सैनिक हुन्। तनहुँ, दमौलीका अमृत स्क्वासको राष्ट्रिय खेलाडी समेत हुन्। अस्मिताले क्लबबाट ब्यवसायिक फुटबल खेल्न पाउँदा निकै खुशी लागेको बताएकी छन्। अस्मितालाई उदृत गर्दै क्लबले आफ्नो वेबसाइटमा लेखेको छ- ‘व्यवसायिक रूपमा फूटबल खेल्नु मेरो सपना थियो। यो क्लबसँग जोडिन पाउँदा खुशी छु र मेरो मनोबल पनि उच्च भएको छ।’
अस्मिता रक्षापंक्तिकी खेलाडी हुन्। उनले २०१७–१८ को सिजन एस्टन भिल्लाको ‘बी’ टोलीबाट खेल्दा आफूलाई प्रमाणित गरेकी थिइन्। एस्टन भिल्लाकी प्रशिक्षक गेमा ड्भिसले अस्मिताले क्लबमा ठूलो योगदान दिन सक्ने बताइन्। उनले थपिन्, “अस्मिताले आफूलाई प्रमाणित गरिसकेकी छिन्। उनी करिअरको शुरूआती दिनमा छिन्। त्यसैले उनी उत्साहित पनि छिन्।”

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य






























