FLASH NEWS
  • Loading...

ओलीले सरकार र दाहालले पार्टी चलाउने

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १७६ पटक पढिएको
ओलीले सरकार र दाहालले पार्टी चलाउने

नेकपाको सचिवालय बैठकले पार्टी र सरकारको भूमिकालाई प्रभावकारी बनाउन अध्यक्षद्वयको कार्यविभाजन टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले नेकपा सहअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सञ्चालनमा कार्यकारी भूमिका पाउने भएका छन्।

दुई अध्यक्षको वरियतामा ओलीको पहिलो र दाहालको दोस्रो यथावत रहनेछ। सचिवालय स्रोतका अनुसार बैठकको अध्यक्षता संयुक्त रुपमा गर्ने भएता पनि सञ्चालन दाहालले गर्नेछन्। बैठकले पार्टी अध्यक्षद्वयको मर्यादाक्रम भने पुरानै कायम गरेको छ । पार्टी बैठकको अध्यक्षता दुवै अध्यक्षले संयुक्तरुपमा गर्ने निर्णय भएको छ तर बैठकको सञ्चालन भने अध्यक्ष दाहालले गर्नेछन् । अध्यक्षद्वयबीचको आपसी सल्लाहमा पार्टी र सरकार सञ्चालन गर्ने निर्णयसमेत भएको छ ।

केही समय देखि पार्टीमा एक व्यक्ति एकको जिम्मेवारी हुनुपर्ने एजेण्डा दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले उठाउँदै आएका थिए।  सचिवालयको बुधबारको निर्णयसँगै ओली पाँचै वर्ष प्रधानमन्त्री हुने निश्चित भएको छ।

दाहाललाई पार्टीको कार्याकारी जिम्मेवारी दिए पनि सरकार र पार्टी सञ्चालनमा दुवै नेताको समझदारीमा हुने सचिवालयको निर्णय छ। राजनीतिक स्थायित्वको सन्देश दिन यो प्रतिनिधिसभाको अवधिभरी नै ओली प्रधानमन्त्री रहने गरी सचिवालयले निर्णय गरेको हो।

२०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता हुँदा ओली र दाहालले बराबर अवधिका लागि आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी भए पनि बुधबारको निर्णयले त्यसलाई निष्प्रभावी बनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल