- Loading...
खुकुरी आक्रमणबाट घाईते शिक्षिकालाई हेलिकोप्टरबाट पोखरा पुर्याईयो
- पुनहिल डट कम
- ५ साल अघि
- ४१८ पटक पढिएको

मालिका गाउँपालिका, २ रुम स्थित राष्ट्रिय जनकल्याण आधारभुत विद्यालयमा कार्यरत ४० बर्षिया इन्द्रा पुनलाई बुधवार विहान ९.३० बजे घरबाट विद्यालय जानेक्रममा स्थानीय २७ बर्षिय रमेश पुनले खुकुरीले आक्रमण गर्दा गम्भीर घाईते भएकी छिन ।
खुकुरी आक्रमणबाट घाईते पुनको स्थानिय रुम स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि हेलिकोप्टरबाट मणीपाल शिक्षण अस्पताल पोखरा पुर्याईएको इलाका प्रहरी कार्यालय दरवाङ्गबाट घट्नास्थल पुगेका सई लालबहादुर रानाले बताए ।
खुकुरी लिएर बाटोमा बसेका रमेशले अगाडीबाट शिक्षिका इन्द्रा आईरहेको देखेफछि एक्कासी आक्रमण गरेका थिए । आत्रमणबाट टाउको, गर्धन, हात र पाखुरामागरी दर्जनबढी गहिरो चोट लागेको छ । आक्रमणपछि अधिक रक्तश्राव भै बाटोमै वेहोस भै ढलेकी पुनलाई वटुवाले देखी उद्धार गरेका थिए ।
घरमै बसेको अवस्थामा सामान्य पारिवारिक विवादमा रमेशले इन्द्रालाई खुकुरी प्रहार गरेका हुन । खुकुरी आक्रमणपछि रमेश फरार रहेको प्रहरीले जनाएको छ ।
‘घट्नाको पृष्ठभुमि र कारण खुलेको छैन’ सई लालबहादुर रानाले भने, ‘घाईतेलाई थप उपचारकालागी हेलिकोप्टरबाट पोखरा पुर्याइएको छ । खुकुरी आक्रमणपछि आरोपित रमेश फरार छन । खोजीमा गाउँ सर्च गरिरहेका छौं ।’

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
