- Loading...
टेलिकमले सोध्यो ‘सिम कसको नाममा दर्ता छ?’

- पुनहिल डट कम
- ६ साल अघि
- ४३७ पटक पढिएको
के तपाईं अरुको नामको सिम राखेर मोबाइल प्रयोग गरिरहनुभएको छ? सुरक्षा लगायतका बिबिध कारण देखाउँदै नेपाल टेलिकमले अबदेखि आफ्नै नामको सिम बोक्नुपर्ने नयाँ व्यवस्था गरेको छ।
नियामक निकाय दुरसञ्चार प्राधिकरणले अबदेखि मोबाइल नम्बरलाई नै व्यक्तिको पहिचान कोड बनाउने तयारी गरेकोले ग्राहकलाई आफ्नै नाममा दर्ता भएको सिम मात्रै प्रयोग गर्न भनेको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन्।
‘पछिल्लो समय डिजिटल पेमेन्ट आईडि, अनलाईन पेमेन्ट, लगायतको प्रयोग बढेको छ। यस्ता सिस्टमसँग मोबाईल नंबर लिकं गराउँदा बिभिन्न समस्या हुनेगरेकोले आफ्नै नाममा दर्ता भएको सिम प्रयोग गर्न अनुरोध गरेका हौं।’- प्रवक्ता प्रतिभा वैद्यले भनिन्।
उनका अनुसार व्यक्तिको आफ्नै सुरक्षाको लागि पनि आफ्नै सिममात्र चलाउनु पर्ने देखिएको छ। अरुको नाममा दर्ता भएका सिम अपराधिक गतिविधीमा प्रयोग भैरहेकाले त्यस्ता गतिविधी रोक्नको लागि पनि यो जरुरी भएको उनले बताइन्।
टेलिकमले *९२२# डायल गरी आफुले बोकेको सिम कस्को नाममा दर्ता छ भनि हेर्न सकिने जनाएको छ। यदि कसैले बोकेको सिम अरुको नाममा दर्ता भएको भए टेलिकमका शाखा कार्यालय बाट आफ्नो नाममा दर्ता गराउन सकिने बताएको छ।
धेरै जनाले परिवारको एउटै सदस्यको नाममा अथवा अरु कसैको नाममा सिमकार्ड लिएर प्रयोग गरिरहेका छन्। अन्य सेवा प्रदायकहरुले ग्राहकलाई आफ्नो नाममा रहेको सिमकार्ड मात्रै प्रयोग गर्न अनुरोध गरेका छन्।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य


































