FLASH NEWS
  • Loading...

घलेम्दीको ५ मेगावाट खेर, प्रसारण लाइनको टुंगो छैन

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ३९९ पटक पढिएको
घलेम्दीको ५ मेगावाट खेर, प्रसारण लाइनको टुंगो छैन

नेपाल विद्युत प्राधिकरणले २२० केभी कालीगणडकी काेरिडाेर प्रसार लाइन सम्पन्न नगर्दा ५ मेगावाटकाे घलेम्दी जलविद्युत आयोजनाको विद्युत खेर गएकाे छ । प्रसारण लाइन समस्याले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण सम्पन्न आयोजनाको विद्युत खेर गएकाे हाे ।

आयोजनाको निर्माण पूरा भए पनि प्रसारण लाइन तयार नभएकाले विद्युत उत्पादन गर्न नपाएकाे घलेम्दी हाइड्रोपावर कम्पनीका सचिव विमल रिजालले बताए । उनका अनुसार प्रसारण लाइन नसकिएकाले विद्युत जाेडिने दाना सबस्टेसन सञ्चालन नभएपछि साढे २ महिनादेखि आयोजनाकाे विद्युत खेर गइरहेकाे हाे ।

प्राधिकरणले कहिलेसम्ममा प्रसारण लाइन सम्पन्न गरेर सञ्चालनमा ल्याउँछ भन्ने यकिन नभएकाले कराेडाैं रुपैयाँकाे विद्युत खेर जाने अवस्था आएकाे उनले बताए । निर्माण सकिएकाे आयोजना उपकरण तथा उत्पादन परीक्षणकाे चरण पूरा गरेर प्रसारण लाइन सञ्चालन हुने मिति कुरेर बसेकाे छ ।

प्रासरण लाइन तयार नहुन्जेल आयोजनाकाे करिब २ मेगावाट विद्युत तातोपानी साना जलविद्युत केन्द्रकाे लाइनमा जाेड्ने तयारी गरिए पनि नधानेपछि खेर फाल्नु परेकाे कम्पनीले जनाएकाे छ ।

आयोजना सम्पन्न गर्न १ अर्ब १५ करोड रुपैयाँ खर्च भएकाे छ । आयोजनामा लुम्बिनी विकास बैंकको अगुवाईमा मेगा बैंकको पनि लगानी छ । ७० प्रतिशत बैंकको ऋण र ३० प्रतिशत स्वपुँजी लगानी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र