FLASH NEWS
  • Loading...

दिल्ली प्रदूषणको असर : धुलोका कणहरू बढे, भिजिबिलिटी कम

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २१२ पटक पढिएको
दिल्ली प्रदूषणको असर : धुलोका कणहरू बढे, भिजिबिलिटी कम

भारतको राजधानी नयाँ दिल्ली र नेपालसँग सिमाना जोडिएका केही राज्यमा केही दिन यता देखिएको उच्च प्रदूषणकोे असर नेपालसम्मै आइपुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदूषणका केही संकेतहरु देखिन थालिसकेका छन्। महाशाखाका अनुसार भारतको प्रदूषणको प्रभावले धुलोको कण केही दिन काठमाडौँ लगायत विभिन्न भागमा प्रदूषण बढ्ने र तुँवालो लाग्ने छ। मौसमविद् समिर श्रेष्ठले पश्चिमी वायुका कारण धुलोको कणहरू नेपालतर्फ प्रवेश गरेको जानकारी दिए। भारतको प्रदूषणको असरका कारण नै वायुमा धुलोको कणहरू बढेको र भिजिबिलिटि कम भएको उनको भनाई छ।

‘छिमेकी मुलुक भारतको राजस्थान, उत्तर प्रदेश, हरियाण, दिल्लीलगायतको हावा नेपाल तर्फ बढ्दो छ,’ उनले भने, ‘जसका कारण नेपालको वायु मण्डल थप प्रदूषित बन्दै गएको छ।’ गत वर्ष राजस्थानको धुलो काठमाडौंसम्म नै आईपुगेको थियो र पानी पर्दा लेदो नै देखिएको थियो।

वातावरण विभागका प्रवक्ता शंकर प्रसाद पौडेलले पनि केही दिनदेखि प्रदूषणको मात्रा बढेको बताए । तर भारतमा जस्तो नेपालमा प्रदुषणको उच्च तह पार नहुने उनले दाबी गरे। ‘भारतमा जस्तो इमरजेन्सी नै घोषणा गर्नु त नपर्ला तर प्रदूषणको मात्रा बढ्यो भने नेपालले डिजेल र पेट्रोललको गाडीहरू बन्द गर्नु पर्छ,’ उनले भने।

भारतमा बढेको प्रदूषणबाट सबैभन्दा बढी सिमा क्षेत्रका बासिन्दाहरू प्रभावित हुनेछन्। नेपालको लुम्बिनी लगायतका क्षेत्रहरूमा यसको असर देखिन थालिसकेको छ । भारतमा शुक्रबार नै इमरजेन्सीको घोषणा गरिएको थियो। केही दिनदेखि दिल्लीको प्रदूषण सबैका लागि चिन्ताको विषय बनेको छ। दिल्लीको प्रदूषण नेपाल लगायत अन्य दक्षिण एसियाली मुलुकहरुका लागि पनि टाउको दुखाइएको विषय बनिसकेको छ।

उच्च प्रदूषणका कारण अदालतले दिल्ली र आसपासका क्षेत्रमा पब्लिक हेल्थ इमरजेन्सीको घोषणा गरेको छ भने विद्यालयहरू नोभेम्बर ६ सम्मका लागि बन्द गरिएको छ। प्रदूषण कम गर्नका लागि सोमबारबाट गाडीमा जोर विजोर प्रणाली लागु गर्ने सरकारको तयारी छ। दिल्लीको प्रदूषण यति भयावह बनेको छ, आइतवार केही अन्तराष्ट्रिय विमानहरू ल्याण्ड गर्न समेत सकेका छैनन्। ३ दर्जन भन्दा बढी जहाजहरूलाई अन्य विमानस्थलमा डाइभर्ट गरिएको छ।

विमानस्थलले धेरै ट्वीट गदै धेरै विमानहरुको उडान तालिक प्रभावित भएकाले आफ्नो एयरलाइन्ससँग सम्पर्क गर्न समेत आग्रह गरेको छ। दिल्ली लगायत विभिन्न भागमा हावा चलिरहेकाले सोमबारदेखि प्रदूषणको अवस्थामा केही कमी आउन सक्ने आशा सरकारी अधिकारीहरूको छ। दिल्लीलाई विश्वकै एउटा प्रदूषित शहरको रुपमा लिने गरिन्छ।

विश्व स्वास्थ्य संस्थाले तोकेको मापदण्डभन्दा दिल्लीमा २० गुणा बढी वायु प्रदूषण भएको छ । हवाको गुणस्तर एयर कवालिटिी इन्डेक्समा मापन गरिन्छ। यदि एयर क्वालिटी इन्डेक्स ०–५० को बीचमा रहेको खण्डमा राम्रो मानिन्छ। ५१–१००को बीचलाई सन्तोषजनक मानिन्छ। १०१ देखि २०० को बीचलाई औसत मानिन्छ भने २०१ देखि ३०० सम्मको अवस्थालाई खराब मानिन्छ र ३०१ देखि ४०० सम्मको बीचको अवस्थालाई निकै खराब र ४०१ देखि ५०० सम्मको अवस्थालाई गम्भीर मानिएको छ। दिल्लीका केही स्थानमा ५०० भन्दा बढि एयर क्वालिटी इन्डेक्स देखिएको छ । पछिल्लो अध्ययनअनुसार विश्वका सर्वाधिक ५० प्रदूषण सहरमध्ये १५ वटा भारतीय सहर रहेका छन्।

त्यसैगरी नेपालको वायु प्रदूषण मापन उपकरणहरूले पीएम २.५ को मात्रा लुम्बिनीको १८५ मिलिग्राम प्रतिघनमिटर, नेपालगञ्चको १६७ मिलिग्राम प्रतिघनमिटर, सौराहाको ८६ मिलिग्राम प्रतिघनमिटर, दाङको ८३ मिलिग्राम प्रतिघनमिटर, भौसिपाटीको ७९ मिलिग्राम प्रतिघनमिटर, धन्कुटाको ४४ मिलिग्राम प्रतिघनमिटर, पुल्चोकको ४३ मिलिग्राम प्रतिघनमिटर, सिमराको ४० मिलिग्राम प्रतिघनमिटर , भक्तपुरको ९ मिलिग्राम प्रतिघनमिटर, रत्नपार्कको १०३ मिलिग्राम प्रतिघनमिटर मापन गरिरहेका छन्।

नेपालको राष्ट्रिय मापदण्डअनुसार पीएम २.५ भनिने रौँभन्दा झन्डै तीनगुणासम्म सूक्ष्म कण हावामा दैनिक औसतमा ४० माइक्रोग्रामभन्दा बढी हुँदा स्वास्थ्यमा प्रतिकूल असर पार्ने बताइन्छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल