FLASH NEWS
  • Loading...

हिमाल आरोहणमा निर्मल पुर्जाले रचे विश्व किर्तिमान

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ९८ पटक पढिएको
हिमाल आरोहणमा निर्मल पुर्जाले रचे विश्व किर्तिमान

म्याग्दी दानाका निर्मल पुर्जाले हिमाल आरोहणको इतिहाँमा सवै भन्दा छोटो सयम अवधि ७ महिनामा संसारका ८ हजार मिटर अग्ला सवै १४ वटा हिमाल चढेर विश्व रेकर्ड कायम गरेका छन ।

प्रोजेक्ट पोसिवल १४/७ अभियानमा निक्लेका किर्तिमानी आरोही पुर्जाले आरोहण सहयात्री मिङ्मा डेभिड शेर्पासहित सोमबार तिब्बतको ८ हजार २७ मिटर अग्लो शिशापाङ्मा हिमाल आरोहणगरी विश्व रेकर्ड कायम गरेका हुन ।
संसारको १४ औं अग्लो शिशापाङ्मा हिमाललाई गोसाईथान हिमाल पनि भनिन्छ । ‘प्रोजेक्ट पोसिवल १४/७’ अभियान अर्न्तगत निर्मल पुर्जाले गत अप्रिल १३ मा जन्मथलो म्याग्दीमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल गत अप्रिल १३ मा आरोहण गरी अभियानको सफलता यात्रातय गरेका थिए । चिनियाँ सरकारले शिशापाङ्मा हिमाल आरोहण प्रतिवन्ध लगाएको थियो । तर पुर्जाको अभियान सफल बनाउन नेपाल सरकारको विशेष पहल र अनुरोधमा पुर्जाको टिमलाई मात्र यो हिमाल आरोहण गर्न अनुमति दिएको हो ।

.Wait till the end ..Yesterday, we had a pretty tough day climbing. We climbed for 15 hrs non stop in an extreme weather conditions with the wind speed of more than 75 km/hr .We spend more than 3 hours finding the way/route on the glacier. On the way to camp 1, the avalanche triggered but all team are safe . ( I was like wtf, I couldn’t even run 🙈 ).Imagine the weather conditions where we couldn’t actually flim and just had to carry on with the climbing? #extremeclimb @ #extremealtitude .20 x 8000m exped with summit success achieved, everyone who’s been involved in my expedition has come back home the way they left; I promise to bring all my team members back home safe from #Shishapangma with the successful summit #leadership 🙌🏽🙏. …#nimsdai #shishapangma #14peaks7months #extremehighaltitudemountaineering #bremontprojectpossible #uksf #extremeoftheextreme #nolimit #silxo #ospreyeurope #antmiddleton #digi2al #adconstructiongroup #omnirisc #summitoxygen #inmarsat #thrudark #gurkhas #sherpas #elitehimalayanadventures #alwaysalittlehigher

Posted by Nirmal Purja MBE: "Project Possible – 14/7" on Saturday, October 26, 2019

म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ३ दाना स्थित पुख्यौली थलोमा माध्यामिक विद्यालय तहको शिक्षापछि उच्च शिक्षा हाँशिल गर्न पोखरा झरेका पुर्जा सन् २००३ मा व्रिटिश गोर्खा क्याम्बाट छनौट भै वेलायती सेनामा प्रवेश गरो हुन । सन् २००९ देखी ‘युके स्पेशल फोर्समा संलग्न भएका पुर्जाले वेलायती सेनामै रहँदा सन २०१२ देखी हिमाल आरोहण सुरु गरेका हुन । पुर्जाले वेलायती सेनाको टोलीबाटै तीन पटक सगरमाथा, ल्होत्से, मकाली र धौलागिरी हिमाल आरोहण गरीसकेका थिए । पुर्जा सेवामै रहेर सगरमाथा चढ्ने पहिलो गोर्खा सैनिक हुन ।
निर्मल पुर्जाले यस अघि ५ दिनमा ८ हजार मिटर अग्ला ल्होत्से र मकालु चढेर, १० घन्टा १५ मिनेटमा सगरमाथादेखी ल्होत्स आरोहण गर्ने र १५ दिनमा सगरमाथा दुई पटक, मकालु, ल्होत्से एक–एक पटक चढेर गिनिज वुक आफ वर्ड रेकड राखिसकेका छन । पुर्जा ब्रिटिश गोर्खा सैनिकमा स्पेशल फोर्समा आवद्ध भएकोले यी समाचार बाहिर आएका थिएनन ।

‘प्रोजेक्ट पोसिवल १४/७’ अभियान अर्न्तगत किर्तिमानी आरोही निर्मल पुर्जाले आरोहण गरेका हिमाल र आरोहण मिती यस प्रकार छन ।
अन्नपूर्ण प्रथम   २३ अप्रिल २०१९, धौलागिरी प्रथम   १२ मे २०१९, कन्चनजंगा १५ मे २०१९, ल्होत्से     २२ मे २०१९, सगरमाथा  २२ मे २०१९,  मकालु   २४ मे २०१९, नागा पर्वत  ३ जुलाई २०१९, ग्रेसरव्रुम पहिलो   १५ जुलाई २०१९, ग्रेसरव्रुम दोस्रो    १९ जुलाई २०१९, माउण्ट के टु     २४ जुलाई २०१९, ब्रोड पिक  २६ जुलाई २०१९, चो ओयु  २३ सेप्टेम्बर २०१९, मनास्लु  २७ सेप्टेम्बर २०१९, शिशा पङ्गमा  २८ अक्टुवर २०१९।

फोटो तथा भिडियो श्रोत ः निर्मल पुर्जाको फेसवुकबाट