- Loading...
आगो नलाग्ने लिथियम आयोन ब्याट्री प्रविधि विकास
- पुनहिल डट कम
- ५ साल अघि
- १७५ पटक पढिएको

वैज्ञानिकहरुले फ्लेक्जिबल लिथियम आयोन ब्याट्री विकास गरेका छन, जून चरम अवस्थामा पनि प्रयोग गर्न सकिन्छ । यस्तो प्रकारको ब्याट्री कटिंग, सबमर्सन, र सिमुलेटेड ब्यालिस्टिक कार्यमा पनि प्रयोग गर्न सकिन्छ तर यो ब्याट्रीमा आगो नलाग्ने गरि विकास गरेका हुन् ।
हालको लि-ओन ब्याट्रीहरु विनाशकारी आगलागीको लागि अतिसंवेदनशिल छन र पड्किने घटनाहरु भएका छन् । जसमध्ये अधिकांश ब्याट्रीहरु बिनाकुनै सहि जानकारी हुने गर्दछन् । किनकी यी ब्याट्रीहरु ज्वलनशिल र दहनशिल पदार्थहरुबाट बनेका हुन्छन् ।
जोन हप्किन्स एप्लाइड फिजिक्स ल्याब्रोटोरी (एपीएल)का अनुसन्धानकर्ताहरुद्धारा हालै केमिकल कम्यूनिकेसन्स जर्नलमा प्रकाशित अनुसन्धान रिपोर्टमा, अनुसन्धान टिमले नयाँ स्तरको ‘वाटर इन साल्ट’ र ‘वाटर इन बाईसाल्ट’ इलेक्ट्रोलाइट्सको रुपमा बर्णन गरेको छ ।
ती इलेक्ट्रोलाइट्स जब पोलिमर म्याट्रीक्समा समावेश हुन्छन्, त्यसले पानीको गतिबिधिलाई घटाउँछ र ब्याट्रीको उर्जा क्षमतालाई उठाउँछ । यसका साथै अहिलेका लि-अन ब्याट्रीहरुमा भएका उच्च ज्वलनशिल, जोखिमयुक्त प्रतिकृयात्मक रसायनहरुको जीवनचक्रलाई बिस्तार गर्दछ ।
अनुसन्धानकर्ताहरुले यो सुरक्षित, शक्तिशाली विकल्प भएको बताएका छन् ।
‘हाम्रो टिमको प्रयास साधारणरुपमा ज्वलनशिल तरल पदार्थलाई पोलिमरद्धारा प्रतिस्थापन गर्नमा केन्द्रित रहेको थियो जसले सेफ्टी र फर्म फ्याक्टरमा सुधार गर्दछ । हामी अहिलेको अवस्थाबाट धेरै उत्साहित भएका छौं,’ एपीएलका वरिष्ठ अनुसन्धान वैज्ञानिक तथा प्रमुख अनुसन्धानकर्ता कोन्स्टानटिनोस जेरासोपोलसले भने ।
हाल व्यवसायीकरुपमा प्रयोग भएको लि-ओन ब्याट्री सन् १९९० दशकको शुरुवातदेखि प्रयोगमा आएको हो जुन अहिले मोबाइल फोनदेखि इलेक्ट्रिक भेहिकल, उर्जा स्टोरेजलगायतको क्षेत्रमा प्रयोग हुँदै आएको छ । एजेन्सी

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
