FLASH NEWS
  • Loading...

अनाथ बालबालिकालाई ‘दशैं कपडा’

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २०७ पटक पढिएको
अनाथ बालबालिकालाई ‘दशैं कपडा’

म्याग्दी, १९ असोज ।
न्यू वेष्ट पोईन्ट कलेज स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुको क्लव ‘इन्फ्युन्टल ब्याजलर्स’ले बालगृहमा रहेका अनाथ बालबालिकालाई ‘दशैं कपडा’ वितरण गरेको छ ।

वेष्टपोईन्ट कलेजका विद्यार्थीले आफुले समाजसँग जोडिन वालगृहमा रहेका असाहय बालबालिकालाई दशैंमा नयाँ कपडा उपहार दिएका हुन । दशैंमा सवैले नयाँ कपडा लगाएर रमाईलो गर्छन । वालमन्दीरका बालबालिकालाई न दशैंमा कपडा न माशुभात । अनाथ बालबालिकालाई कपडा वितरण कार्यक्रममा वाल संगठनका सचिव ज्ञान गिरी, कोषाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ र क्लवका सचिव कृष्ण विकको पनि उपस्थिती रहेको थियो ।
‘हामीले घरमा रमाई रहँदा वालगृहका बालबालिकाको दशैं खल्लो देखेका छौं । त्यसैले खाजा खर्च कटाएर जोहो गरेको थोरै पैसाले एकसरो नयाँ कपडा ल्याएका हौं’ क्ल्वका अध्यक्ष दिनेशकुमार विश्वकर्माले भने, ‘शिक्षा आर्जनमा स्नातक तह अध्ययन गरेपनि सामाजिक र ब्यवहारिक शिक्षाबाट समाजबाट युवा, विद्यार्थी टाढिदै गएका छन । हामी समाजसँग जोडिन क्लव बनाएका हौं । युवा, विद्यार्थीलाई समाजसँग जोड्न धेरै गतिविधी गर्दै आएका छौं ।’