FLASH NEWS
  • Loading...

मोना आईसिसिमा ओमनारायण जुग्जाली निर्वाचित

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १४० पटक पढिएको
मोना आईसिसिमा ओमनारायण जुग्जाली निर्वाचित

म्याग्दी, १६ असोज ।
प्रख्यात पर्यटकीय वस्ती घोडेपानीमा सम्पन्न तेस्रो अधिवेशनबाट म्याग्दी प्रवासी नेपाली संघ (मोना) अर्न्तराष्ट्रिय कार्यसमितिको अध्यक्षमा ओमनारायण जुग्जाली निर्वाचित भएका छन ।
अधिवेशनबाट सर्वसम्मत निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा मिम पुर्जा, उपाध्यक्षमा अमर छन्त्याल, सूर्य भट्टचन, राम खड्का, महिला उपाध्यक्षममा पूर्णिमा पाईजा (आसा), महासचिवमा विक्रम कार्की, सचिवमा रमेश पौडेल, हरी राम्जाली , कोषाध्यक्षमा मुक्ति रोका, सहकोषाध्यक्षमा महेन्द्र खड्का निर्वाचित भएका छन ।
त्यसैगरी महिला संयोजकमा नन्दकली थापा (अनुशा), सहसंयोजक विष्णु बानियाँ एशिया प्यासेफिक संयोजकमा महेन्द्र बानिया, युरोप संयोजक निरोज कार्की, सहसंयोजक नैना तिलिजा निर्वाचित भएको निर्वाचन मण्डलले जानकारी गराएको छ ।