FLASH NEWS
  • Loading...

मोना कतारद्वारा मृगौला पीडितलाई सहयोग

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २४३ पटक पढिएको
मोना कतारद्वारा मृगौला पीडितलाई सहयोग

म्याग्दी, १३ असोज ।

म्याग्दी नेपाली प्रवासी संघ (मोना) राष्ट्रिय कार्यसमिति कतारले बेनी नगरपालिका, ५ पुलाचौरका डेकनाथ शर्मालाई ४३ हजार आर्थिक सहयोग गरेको छ ।

ओमकुमारी शान्ति कोषको सचिवालय बेनीमा सोमबार आयोजित एक कार्यक्रम विच प्रतिनिधी सभा सदस्य भुपेन्द्रबहादुर थापाले मोना कतार मार्फत संकलित रकम पीडित परिवारलाई हस्तान्त्रण गरे ।

‘कतार समेत मोनाले मानवीय सेवा, शिक्षा, सडक, खानेपानी समेत जिल्लाको विकासमा ठूलो योगदान पुर्‍याएको छ’ सहयोग रकम हस्तान्त्रणपछि सांसद थापोले भने, ‘कहिले राजनैतिक रंग देखाएको छ । यदी मोना साझा संस्था भने, वितगमा मोना अन्तराष्ट्रिय समितिले देखाएको विचलन सच्यावस ।’

मोना अध्यक्ष तिलु शर्माको अध्यक्षतामा सम्पन्न सहयोग हस्तान्क्रण कार्यत्रममा मोना हङ्गकङ्गका तुल्मराम राम्जाली, पोर्चुगलका निरोज कार्की, मोना कतारका उपाध्यक्ष नगेन्द्र फगामी, टिका कार्की समेतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा मोना कतारले समाचार माध्यमबाट समाज जागरणमा योगदान पुर्‍याएको भन्दै म्याग्दीका ७ जना पत्रकारहरुलाई दोसल्ला र कदर पत्रले सम्मान गरेको छ ।