FLASH NEWS
  • Loading...

निर्मल पुर्जालाई मनास्लुमा पनि सफलता

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ३५८ पटक पढिएको
निर्मल पुर्जालाई मनास्लुमा पनि सफलता

म्याग्दी, १० असोज ।

किर्तिमानी आरोही निर्मल पुर्जाले गोर्खा जिल्लामा अवस्थित संसारको आठौं अग्लो ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमालको शुक्रवार सेप्टेम्बर २७ तारेखको विहान सफल आरोण गरेका छन ।

७ महिनामा संसारका ८ हजार मिटर अग्ला सवै १४ वटै हिमाल चढ्ने महत्वकाँक्षी ‘प्रोजेक्ट पोसिवल १४/७’ अभियानमा जुटेका आरोही निर्मलले अभियानको अन्तिम दोस्रो अर्थात १३ औं हिमाल आरेहणमा गरेका छन ।

तिब्बतको ८ हजार २ सय १ मिटर अग्लो चो ओयु हिमाल आरोहण गरेको चौंथो दिन मनास्लु हिमाल आरोहणमा सफलता मिलेको पुर्जालाई आरोहणमा लिएर गएको ईलिट हिमालय एडभेन्चर (भ्ष्तिझ ज्ष्बबिथबल ब्मखभलतगचभ)ले जनाएको छ । ईलिट हिमालय एडभेन्चरका अनुसार पुर्जाको साथमा मिङ्मा डेभिड शेर्पा (आरोहण लिडर), गेसमान तामाङ, गेल्जेन शेर्पा, लाक्पा डेण्डी शेर्पा, काल्डेन शेर्पा, कसाङ शेर्पा र प्रभु सोनाम शेर्पासहित ८ जनाको टोलीले शुक्रवार विहान मनास्लु हिमाल आरोहण गरेको हो । निर्मल पुर्जाबाहेक थप ७ जनाको अर्को टोली पनि एलिट एडभेन्चरले मनास्लु चुचुरोमा पुर्‍याएको छ ।

‘प्रोजेक्ट पोसिवल १४/७’ अभियान अर्न्तगत निर्मल पुर्जाले गत अप्रिल १३ मा जन्मथलो म्याग्दीमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल गत अप्रिल १३ मा आरोहण गरी अभियानको सफलता यात्रातय गरेका थिए । पुर्जाको अभियान ‘प्रोजेक्ट पोसिवल १४/७’ अर्न्तगतको अन्तिम हिमाल तिब्बत स्थित शिशापङ्गामा हिमाल आरोहण गर्न भने कानुनी अल्झन आएको छ । चीन सरकारले यसै वर्षदेखी यो हिमाल आरोहणमा रोक लगाएकोले पुर्जाको अभियानमा अल्झन आएको हो ।

‘शिशापङ्गामा हिमाल आरोहणमा प्राविधिक अल्झन छ । छिट्टै नेपाल सरकारले कुटनितिक पहल मार्फत समाधान निक्लने छ । म शिशापङ्मा हिमाल उक्लन आतुर छु’ अल्झन बारे पुर्जाले फेसवुक स्टाटसमा लेखेका छन ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ३ दाना स्थित पुख्यौली थलोमा माध्यामिक विद्यालय तहको शिक्षापछि उच्च शिक्षा हाँशिल गर्न पोखरा झरेका पुर्जा सन् २००३ मा व्रिटिश गोर्खा क्याम्बाट छनौट भै वेलायती सेनामा प्रवेश गरो हुन । सन् २००९ देखी ‘युके स्पेशल फोर्समा संलग्न भएका पुर्जाले वेलायती सेनामै रहँदा सन २०१२ देखी हिमाल आरोहण सुरु गरेका हुन । पुर्जाले वेलायती सेनाको टोलीबाटै तीन पटक सगरमाथा, ल्होत्से, मकाली र धौलागिरी हिमाल आरोहण गरीसकेका थिए । पुर्जा सेवामै रहेर सगरमाथा चढ्ने पहिलो गोर्खा सैनिक हुन । निर्मल पुर्जाले यस अघि ५ दिनमा ८ हजार मिटर अग्ला ल्होत्से र मकालु चढेर, १० घन्टा १५ मिनेटमा सगरमाथादेखी ल्होत्स आरोहण गर्ने र १५ दिनमा सगरमाथा दुई पटक, मकालु, ल्होत्से एक–एक पटक चढेर गिनिज वुक आफ वर्ड रेकड राखिसकेका छन । पुर्जा ब्रिटिश गोर्खा सैनिकमा स्पेशल फोर्समा आवद्ध भएकोले यी समाचार बाहिर आएका थिएनन ।

‘प्रोजेक्ट पोसिवल १४/७’ अभियान अर्न्तगत किर्तिमानी आरोही निर्मल पुर्जाले आरोहण गरेका हिमाल र आरोहण मिती यस प्रकार छन ।

अन्नपूर्ण प्रथम      २३ अप्रिल २०१९

धौलागिरी प्रथम      १२ मे २०१९

कन्चनजंगा   १५ मे २०१९

ल्होत्से २२ मे २०१९

सगरमाथा    २२ मे २०१९

मकालु २४ मे २०१९

नागा पर्वत   ३ जुलाई २०१९

ग्रेसरव्रुम पहिलो     १५ जुलाई २०१९

ग्रेसरव्रुम दोस्रो       १९ जुलाई २०१९

माउण्ट के टु  २४ जुलाई २०१९

ब्रोड पिक     २६ जुलाई

चो ओयु      २३ सेप्टेम्बर

मनास्लु      २७ सेप्टेम्बर

शिशा पङ्गमा – बाँकी । (चीन सरकारले यो हिमाल आरोहणमा यसै वर्षदेखी रोक लगाएकोले अभियान विशेष कुटनितीक प्रयास भैरहेको ।)

सवै तस्वीर श्रोत ः गुगल ।

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र