FLASH NEWS
  • Loading...

म्याग्दीका ‘दधिची’ चन्द्र केसी सम्मानित

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ६९१ पटक पढिएको
म्याग्दीका ‘दधिची’ चन्द्र केसी सम्मानित

म्याग्दी, ६ असोज ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अर्न्तगतको समाज कल्याण परिषदले सोमबार म्याग्दीका मानवतावादी अभियन्ता चन्द्र केसीलाई कदर पत्र र दोसल्लाले सम्मान गरेको छ ।

४० औं सामाजिक सेवा दिवसको अवसरमा राजधानीमा आयोजित एक कार्यत्रम विच उपराष्ट्रपति नन्दबहादुर पुनले मानव वेचविखन विरुद्धको अभियान, विपन्न रोगीको उपचार, विपन्न परिवारका वालबालिकाको शिक्षामा सहयोग समेतका मानवीय सेवामा अतुलनिय योगदान पुर्‍याए वापत बेनीका चन्द्रकुमार केसीलाई सम्मान गरेका हुन ।
समाज सेवा पुरस्कारबाट सम्मानीत केसीले हालै मानव तस्करले इनडोनोसिया पुर्‍याई अलपत्र पारेकी बेनी नगरपालिका, ९ घतानकी मुना खत्रीलाई उद्दार गर्न सहयोग गरेका थिए । केसीको पहलमा मानव तस्करलाई पक्राउ गर्नुकासाथी मानव तस्करको जालो तोड्न उल्लेख्य योगदान पुर्‍याएका थिए ।
त्यसैगरी अन्नपूर्ण गाउँपालिका, ७ औल गाउँकी जीवन/मृत्युको अन्तिम अवस्थामा पुगेकी ९ महिने बालिका सायना रन्तिजालाई कलेजो दान गरी चन्द्र केसीले दधिची (आफ्नो शरिर काटेर अरुलाई दान गर्ने पात्र)को मर्यादा लिएका थिए ।
‘दिन जान्यो, बााच्न जान्यो’ भन्ने मुल भवनासहित ‘ओमकुमारी शान्ति कोष’को स्थापना गरी म्याग्दीका सयौं विपन्न रोगीहरुको उपचारमा सकृय रहेका चन्द केसीले सम्मान ग्रहण पछि भने, ‘मानवीय सेवा भावले छाती थप गरुङ्गो भएको छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र