FLASH NEWS
  • Loading...

हिलाम्मे सडकले कागवेनी हिंडेका तिर्थयात्रुलाई सास्ती

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २९८ पटक पढिएको
हिलाम्मे सडकले कागवेनी हिंडेका तिर्थयात्रुलाई सास्ती

म्याग्दी, १ असोज ।
सोहृश्राद्ध शुरु भएदेखी नै हिन्दुधर्मालम्बीहरुको पवित्र नदी कालीगण्डकी नदीको किनारामा दैनिक पितृलाई श्राद्ध गर्नेको भिड लाग्ने गरेको छ ।
आस्विन कृष्णपक्ष पितृपक्ष (सोहृ श्राद्ध) सुरु भएसँगै बेनी–जोमसोम सडकमा हिमालपारीको मुस्ताङ्ग स्थित कागवेनी र मुक्तिनाथ जाने तीर्थयात्रीको भीड बढेको छ । घरमा भन्दा कालीगण्डकीमा सय गुणा र कागवेनीमा पुगी श्राद्धगर्दा हजार गुणाबढी पृतात्मालाई मोक्ष प्राप्ती हुने जनविश्वास रहेकोले सदियौं देखी आस्विन कृष्ण पक्षमा/पितृपक्षमा (सोहृ श्राद्धमा) गर्न कागवेनी र मुक्तिनाथमा पुगेर पितृलाई पिण्डपानी चढाउने चलन छ ।
‘पितृ पक्षको श्राद्ध घरमा भन्दा खोलामा, खोलाभन्दा नदी र नदीमा पनि कालीगण्डकी अझ कागवेनी पुगेर पितृलाई पिण्डपानी अर्पण गरे दिंवंगत पितृहरुको आत्मले मोक्ष पाउने विश्वास छ’ मुक्तिनाथ मन्दीरका पूर्व पुजारी तथा म्याग्दी क्याम्पसका सहायक प्रध्यापक नारायण सुवेदीले भने, ‘मैले पनि पितृकार्य सँधै कालीगण्डकी तटमा पुगी गर्ने गरेको छु ।’
सडक मार्गले यातायात सहज भएपछि कागवेनीमा पितृलाई श्राद्धको तिथी मिलाएर मुस्ताङ्गको भौगोलिक वातारण हेर्न, मुक्तिनाथ मन्दीरको दर्शन गर्न र शालग्राम पहाड तथा दामोदरकुण्ड नुहाउन आउने तिर्थालु थप बढेका छन् ।
मुक्तिनाथ मन्दीर बौद्ध तथा हिन्दु धर्मालम्वीको साझा तिर्थस्थलको रुपमा प्रख्यात रहेको छ । यहांको मन्दीरमा हिन्दु समुदायका पुरोहित र बौद्ध समुदायका लामा तथा आनीहरुले मन्दीरमा पुजाअर्चना र रेखदेख गर्दै आएका छन् ।
पितृपक्ष सुरु भएसँगै मनसुन सुरु भएकोले कागवेनी पितृलाई पीण्डपानी गर्न हिँडेका तिर्थयात्रीलाई बेनी–जोमसोम सडकको यात्रा कष्टकर भएको छ । सडकको बेगखोलामा पुल नहुँदा दैनिक विहान सवारी अवरुद्ध हुन्छ । सडकको विभिन्न खण्डमा पहिरोले समय–समयमा अवरुद्ध हुने गरेको छ । कहिले काहीं ३–४ दिनसम्मै सडक अवरुद्ध हुन्छ ।
‘साँघुरो, हिलाम्मे र भिरालो सडकमा गुडेको गाडी भित्र बस्दा त मुटु नै हल्लिन्थ्यो । गाडी दायाँबायाँ पुरै झुकेर कोल्टे पर्दा परिवार सम्झाउने रहेछ’ मुक्तिनाथ दर्शनगरी फर्केका भारत तामिलनाडु, मद्रासका पर्यटक अरुणकुमारले भने, ‘पहिरोग्रस्त सडक अझै जोखिमपूर्ण छ ।’
बेनीदेखी ११ किमी उत्तर बेनी–जोमसोम सडकको बैसरी–तिप्ल्याङ्ग खण्डमा चार बर्ष अघि बाढीले पक्की पुल बगाएपछि बेगखोलाले बर्षेनी यातायात अवरुद्ध गर्छ । बेगखोलामा डाईभर्सन नहुँदा ठूलो पानी पर्दा भेल बढेर यातायात चलाउन नसकिने बन्छ । यस्तो अवस्थामा डोजर खोजेर ल्याई बाढीलाई बाँडेर पानीको सतह घटाई सवारी चलाउने गरिएको छ । बाढीले पुल बगाएपछि जिल्लाको उत्तरी भेगको अन्नपूर्ण गाउँपालिका र मुस्ताङ्ग जाने/फर्कने पैदलयात्रीलाई समेत सास्ती हुने गरेको छ ।
मनसुनले गर्दा सडक झन जोखमिपूर्ण भएका छन । पहिरोले साँघुरा बनेका सडक हिलाम्मे हुँदा सडकमा गाडी चिप्लिएर दुर्घटनामा पर्ने र हिलोमा गाडी फस्ने समस्या छ । हिलोमा गाडी फस्दा घन्टौं सडक जाम हुने गरेको छ । ७६ किमी सडक छिचोल्न ठूला वसलाई पुरै ७ घन्टासम्म लाग्ने गरेको छ । फोरह्वईल साना गाडीलाई पनि ४ घन्टा जस्तै गुडेपनि लाग्छ ।
‘बेनी–जोमसोम सडक हिलो र विभिन्न स्थानमा खसेको स–साना पहिरोको लेदोले सवारी संञ्चालन कष्टकर मात्र होईन जोखिमपूर्ण भएको छ । सडकको स्तर उन्नत गर्न परिचालन गरिएका डोजर लगाएर दैनिक विहान सडक सफा गरी यातायात चलाउने गरेका छौं’ जोमसोम–पोखरा बस सञ्चालन गरेका म्याग्दी कोरला यातायातका मोहन केसीले भने, ‘बेनी–जोमसोम सडकमा यात्रा गर्ने यात्रुले बाँझो जोत्ने हलीभन्दाबढी थाक्छ, बस मुस्ताङ पुगेर फर्केपछि एक हप्ता ग्यारेजमा सर्विसिङ्ग गर्नु पर्ने बाध्यता छ ।’
बेनी–जोमसोम सडक मात्र होईन सवै ग्रामिण सडक पनि हिलाम्मे छन । सद्धे सडकको पनि कि डिल भत्केको छ की भित्तो भत्केर माटो थुप्रिएको छ । ग्रामिण सडक मात्र होईन, बेनी–जोमसोम सडकमा पनि गाडीलाई पछाडीबाट धकेल्दै र अगाडीबाट डोरीले तानेर चलाउने गरिएको छ । ब्यवसायीका यातायात साधनसँगै यात्रुको सुरक्षा खतरा बढेको छ ।
सडक भन्ने मात्र हो, न सडकको ग्रेड मिलाएको छ, न नाली काटेर भलपानी तकाई दिएको छ । सडक धान रोप्न ठिक्क पारेको खेत वा आहलमा पसेको भैसी जस्तै हुन्छन ठूला गाडी पनि । साना सवारी र मोटर साईकको साईलेन्सरमा पानी फसेर साधनै विग्रने गरेका छन ।
यसैविच प्राचिनकालदेखी पितृपक्ष र सोहृ श्राद्धका समयमा दिवंगत पितृहरुको मोक्षकालागी भगवान विष्णुको शरिरबाट बगेका पसिना (मुक्तिनाथको पानी) र दामोदरबाट बग्दै आएको कालीगण्डकीको संगमस्थल कागवेनीमा पृतिकार्य गरिदै आएकोमा यस बर्ष अवरोध भएको भन्दै विश्व हिन्दु महाँसघले मंगलवार प्रेस विज्ञप्ती प्रकाशित गरी विरोध गरेको छ । प्राचिनकालदेखी नियमित भैरहेको पितृलाई पिण्डदान (श्राद्ध गर्ने) कार्यमा खटिएका एक दर्जनबढी ब्रामण कागवेनीमा पितृकार्यमा खटिएको अवस्थामा हिन्दु आस्था प्रचलनलाई नियोजित रुपमा आरोध पुर्‍याउन ब्रामणलाई मासिक एक लाख रुपैया शुल्क तोकिएको विज्ञप्तीमा उल्लेख छ ।
स्थानीय बाहृगाउँ मुक्तिक्षेत्र गाउँपालिकाले कागवेनीको अस्तित्व हिन्दुधर्मको उच्च आस्थामा निर्भर रहेकोले धार्मिक आस्थामा चोट पुर्‍याउने र अवरोध नभएको बताएको छ । गाउँपालिकाले कागवेनी बजार र धार्मिक क्षेत्र ब्यवस्थित गर्न सार्वजनिक शौचालय प्रयोग शुल्क र सामान विक्रि गर्न बसेका ब्यापारीलाई ब्यवसायीक शुल्क उठाउने विषयमा छलफल चरणमा रहेको प्रष्ट पारेको छ ।
‘कागवेनीमा सार्वजनिक शौचालय थप्ने, शौचालय ब्यवस्थित गर्न निस्चित शुल्क लिने र खुल्ला पसललाई केही शुल्क लिने विषयमा गाउँपालिकामा छलफल भैरहेको छ’ बाहृगाउँ मुक्तिक्षेत्र गपा अध्यक्ष फेन्चोक छेक्तेन (धारा) गुरुङ्गले भने, ‘सोहृ श्राद्धको समयमा कागवेनीमा अति धेरै भिड हुने भएकोले शौचालय ब्यवस्थित गर्ने र पितृकार्य ब्यवस्थित गरी तीर्थयात्रुलाई सहज बनाउन खोजेका हौं । धार्मिक अवरोधको आरोप मित्थ्या हो ।’
असोज महिनामा पर्ने दशैंमा नेपाली र चैते दशैंको समयमा भारतिय धार्मिक पर्यटक बढी आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोम कार्यलयले जनाएको छ । नेपाली तथा भारतिय पर्यटकको अभिलेख नराखिने भएकोले संख्या एकिन नभएपनी भदौ–असोजमा दैनिक १ हजार ५ सयको हाराहारीमा चैत–बैशाखमा दुई हजारको हाराहारीमा धार्मिक पर्यटक आउने अनुमान एक्यापको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल