FLASH NEWS
  • Loading...

आहा ! फुल्यो लेक

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ६५४ पटक पढिएको
आहा ! फुल्यो लेक

म्याग्दी ।
मनलाई आनन्द दिने उपायहरु मध्य भ्रमण सर्वाधिक शक्तिशाली उपाय मानिन्छ । जथाभावी भौँतारिदा भने आनन्द प्राप्त हुँदैन । यात्रा हतारको घुमफिर होईन आनन्ददायक हुनु पर्छ । यात्रा पर्यटन मात्र होईन, बौद्धिक र शारीरिक सौन्दर्यको अनुभुति बढी हो ।

यात्राको गन्तब्य आत्माले मन पराएको ठाउँ हुनु पर्छ । जुन ठाउँमा पाईला टेकेपछि मनमा आनन्दाभुति हुन्छ । त्यस्तो ठाउँलाई ‘ड्रिम डिस्टिनेसन’ भन्ने गरिन्छ । अन्तर मनले चाहेको गन्तब्यमा पुग्दा हृदयले पुलंकित महशुस गर्छ । यात्रा प्राकृतिक औषधालय पनि हो किनकी यात्रागरी फर्केपछि नयाँपन, नयाँ अनुभव र नयाँ दृष्टिकोल आउँछ ।

आँखाले देखेको दृष्य र मनले गरेको अनुभवले ब्यक्तिलाई उत्कृष्ट जीवनतर्फ प्रेरित गर्छ । र मनसुनी यात्राकोलागी उपयुक्त सिजन हो । यति बेला जिल्लाका सवै लेकाली बुक्यानहरु रङ्गीविरङ्गी फुलले रंगिएका छन । मनमोहक भएका छन, लेकाली फाँट ।

हरेक धर्म, संस्कृति र परम्पराहरुमा पनि यात्राको प्रचलन हुन्छ । पूर्वीय संस्कृतिमा यात्रा परम्परा तीर्थाटन, देशाटन, भिक्षाटन, धाम यात्रा, मेलापर्व आदी भ्रमणशैली प्रचलनमा छन । लेकाली पदयात्रालाई अध्यात्मसँग जोड्न सकिन्छ ।

लेक उक्लने गज्जवको अवसर जुटाउँछ, जनैपूर्णिमाले । प्यारीवराह, खयरवराह, कालीवराह, रिखार वराह, गुर्जा वराह, ढोरवराहमा जनै पूर्णिमामा पुजाअर्चना गरिन्छ ।

झोला वोकेर उकालो हिँड्दा विस्तारै थकाईले लखतरान ज्यान झन माथी झन घिस्रन थाल्छ । प्राण नै उड्ला भै भएको शरिर जव माथी माथी लेकाली फुलको चौरमा पुग्छ, शिरिरि चिसो वतास, परपरसम्म देखिने सुन्दर प्राकृतिक सौन्दर्यले मन फुरुङ्ग हुन्छ, फूर्तिलो भैहाल्छ शरिर तत क्षण । सौन्दर्यपान आँखाले गर्छ अनि मनले ‘ड्रिम डिस्टिनेसन’ को महशुस गर्छ ।

अन्नपूर्ण र धौलागिरी हिमश्रृखलामा बादलुको घुम्टो उघ्रोको बेला देखिने सूर्योदय र सूर्यास्तको दृष्य, याक फार्मिङ्ग, जंगल यात्रा, हिमाली ताल तलैया प्राकृतिक सुन्दरताको दृष्यावलोकन तथा जैविक विविधताको अध्ययनका लागि पनि उपयुक्त हुन्छ लेकाली यात्रा ।

पहाडी वस्तीभन्दा माथिल्लो र हिमाल मुनी फैलिएका घाँसे फाँटलाई लेकाली क्षेत्र भनिन्छ । हिमाली श्रृखलाको दक्षिणी भागमा पर्ने मनसुन (झरी)को मौषममा लेकाली बुकीपुलहरु असार–भदौसम्म उम्रने, बढ्ने, फर्क्रने र फुल्ने गछन । मनसुनी मौषममा फुल फुल्दा लेकाली क्षेक्र स्वर्गको टुत्रा झै अलौकिक सुन्दरता देखिन्छ ।

यो सिजन हिमालको काखमा जंगली फूलहरुको सौन्दर्यको मज्जा लिने उपयुक्त समय हो ।

हरियाली पहाड, तरेली परेका फाँटहरु, खेती किसानीमा ब्यस्त कृषकले घन्काउने लोकगित, भ्यागुताको ट्वार ट्वार, बर्षे झरीमा पानीका थोपाको टप्प टप्प मधुर आवाजसँगै पर्यटकिय वस्ती छिचोल्दै लेकाली भू–भागमा पुगेपछि देखिने प्राकृतिक सुन्दरता आफैमा अलौकिक त छदै छ, मनसूनको बेला विभिन्न प्रजातिका जंगली फूलहरुले गर्दा त्यो सुन्दरता अझ निखारिएर प्रस्तुत हुन्छन । लेकाली फाँटमा परम्परादेखी खुल्ला रुपमा भिरन्तै शलीमा पालिएका भेडा, चौरी, गाईभैसी गोठहरु थप आर्कषणका विषय हुन

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र