FLASH NEWS
  • Loading...

जव म्याग्दीखोला उर्लेर आयो

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १९६ पटक पढिएको
जव म्याग्दीखोला उर्लेर आयो

म्याग्दी, ८ साउन ।

हृवास्सै लेदो माटोको गन्ध माथी–माथीका वस्तीसम्म आयो । यस्तो गन्ध खोला/नदीमा बाढी आउँदा मात्र आउँछ । माटोको गन्ध आयो भने बाढीपहिरोको संकेत मानिन्छ ।

तल्लो खण्डमा घाम लागेको छ । तर म्याग्दीखोलामा अचानक बाढी आएपछि तटिय वस्तीमा त्रास नै फैलियो । दिउँसो ३ बजे बाढी पश्चिम मालिका गाउँपालिका केन्द्र दरवाङ्गमा आईपुगेपछि मात्र हल्लिखल्ली भयो । बाढीलाई बेनी आईपुग्न डेढ घन्टा लाग्यो ।

धौलागिरी हिमाल फेदी क्षेत्रमा परेको भिषण वर्षापछि म्याग्दी खोलामा बाढीको तह तिब्र रुपमा बढ्दै गएको छ । बाढीले पहिलो आधा घन्टासम्म पानीभन्दाबढी काठका मुढा बगाउँदै ल्याएको थियो । पश्चिम धौलागिरी वेशक्याम्प तथा ढोरपाटन सिकार आरक्ष क्षेत्रबाट आउने म्याग्दी खोलामा एक्कासी बाढी आएपनि मानविय तथा ठूलो भौतिक क्षतिको खवर छैन ।

‘बाढीबाट कतै मानविय वा भौतिक क्षतिको विवरण आएको छैन । धौलागिरी गाउँपालिका, १ गुर्जा क्षेत्रमा ठूलो पानी परेपछि बाढी आएको अनुमान गरिएको छ’ जिल्ला प्रहरी प्रमुख महेन्द्रप्रसाद मरासिनीले भने, ‘लेकबाट आएको बाढी धौलागिरी गाउँपालिका, ४ मुदीको तल कतै थुनिएर एक्कासी आएकोले खोलामा दाउराको बाढी देखिएको हो ।’